काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ ले घटेको छ। आज चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ प्रतितोला निर्धारण गरिएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्