भद्रपुर। काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यास (एलपिजी) आयात गरिएको हो। सबैभन्दा बढी १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ। त्यस्तै ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ बराबरको डिजेल र २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने काँकडभिट्टा नाकाबाट ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको पेट्रोल र ७ अर्ब ३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो।
भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थको आयातबाट गत आर्थिक वर्षमा उल्लेखनीय राजस्वसमेत संकलन भएको छ। पेट्रोलबाट ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ र डिजेलबाट २ अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।
पेट्रोलियम पदार्थको आयात बढेसँगै काँकडभिट्टा नाका पूर्वी नेपालको प्रमुख इन्धन आयात केन्द्रका रूपमा अझ महत्वपूर्ण बन्दै गएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्