काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनेछ । यसैगरी, मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
सोमबार देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने अनुमान छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहनेछ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्