ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवानगञ्ज घटनापछि सुनसरीमा शान्ति–सुरक्षा सुधार, निषेधाज्ञा भने कायम


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ६ : ०५   बजे
इटहरी, साउन १७ गते — सुनसरीको देवानगञ्जमा भएको घटनाको प्रभाव क्रमशः कम हुँदै गएको छ। जिल्लाको शान्ति–सुरक्षा अवस्था सुधारोन्मुख देखिएकाले कर्फ्यु हटाइए पनि देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा निषेधाज्ञा भने कायम राखिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम साउन १७ गते साँझ ७ बजेदेखि साउन १८ गते सोमबार बिहान १० बजेसम्म चारवटै गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
निषेधाज्ञाको अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा धर्ना गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
दक्षिणी सुनसरीमा केही दिन तनावग्रस्त बनेको जनजीवन अहिले क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात र व्यापार–व्यवसाय सञ्चालन हुन थालेका छन्। मृतकहरूको दाहसंस्कार सम्पन्न हुनु, पीडित परिवारसँग सरकारी सहमति, सुरक्षा निकायको प्रभावकारी परिचालन तथा राजनीतिक दल, नागरिक समाज र धार्मिक समुदायबीच भएको संवाले वातावरणलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको स्थानीयवासीले बताएका छन्।
प्रशासनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। साथै कुनै पनि अफवाहमा नफसी आपसी विश्वास र सहकार्यबाट शान्तिपूर्ण वातावरण कायम राख्न सर्वसाधारणसँग अपिल गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

सम्बन्धित

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu