ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   १२ : ५२   बजे

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा भवन निर्माणको काम सुरु भएको छ। गुम्बा भवन निर्माणका लागि मंगलबार आयोजित कार्यक्रममा लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।

भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ (नेरु) आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त गुम्बा उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत कार्यान्वयन हुनेछ। परियोजना लिखु पिके गाउँपालिकामार्फत सञ्चालन गरिने जनाइएको छ।

यो परियोजना सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुने छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको भारतीय दूतावासले जनाएको छ।

सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुग्ने विश्वास

शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए।

उनीहरूले निर्माण हुन लागेको गुम्बाले स्थानीय बौद्ध समुदायको धार्मिक आस्था सुदृढ गर्नुका साथै लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तहका प्रतिनिधिहरूले यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवर्द्धन, सामाजिक एकता र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।

नेपाल–भारत विकास सहकार्यको निरन्तरता

भारतीय दूतावासका अनुसार नेपाल र भारतबीचको विकास सहकार्य शिक्षा, स्वास्थ्य, पूर्वाधार, सांस्कृतिक सम्पदा संरक्षण तथा सामुदायिक विकासलगायत विभिन्न क्षेत्रमा निरन्तर विस्तार हुँदै आएको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्थानीय आवश्यकता अनुरूपका पूर्वाधार निर्माण गर्दै नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई सहयोग पुर्‍याउने भारत सरकारको प्रतिबद्धता यस परियोजनाबाट पनि प्रतिबिम्बित भएको दूतावासले जनाएको छ।

नेपाल र भारतबीचको घनिष्ठ छिमेकी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता सामुदायिक परियोजनाहरू विभिन्न जिल्लामा सञ्चालन हुँदै आएका छन्।

गुम्बा भवन निर्माण सम्पन्न भएपछि यसले स्थानीय बौद्ध समुदायलाई धार्मिक गतिविधिका लागि आधुनिक पूर्वाधार उपलब्ध गराउनुका साथै सोलुखुम्बुको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

भदौ ७ अघि टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न रास्वपा सांसदको माग

सम्बन्धित

मगर भाषामा समाचार प्रसारणको ३२ वर्ष स्मरण, पत्रकार मीनाकुमारी र मनसुधन थापामगर सम्मानित

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

१० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कर्णाली प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, बुधबार बस्ने

पश्चिम सेती अघि बढाउन प्रदेश सरकारको पूर्ण सहयोग हुन्छ : मुख्यमन्त्री भट्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu