ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीको सत्ता राप्रपाको ‘होल्ड’मा : निर्णय नजुट्दा सरकार गठन अन्योल !


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ३ : ३५   बजे
हेटौंडा । वाग्मती प्रदेशको राजनीतिक भविष्य अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णयमा निर्भर छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको करिब दुई साता बितिसक्दा पनि नयाँ सत्ता समीकरणको बाटो खुल्न सकेको छैन ।
केन्द्रमा नेकपा एमाले र नेकपाबीच सहकार्य बनेपछि वाग्मतीमा त्यसको प्रत्यक्ष असर देखिएको हो । एमालेका मन्त्रीहरूले राजीनामा दिएर कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार संख्यात्मक रूपमा कमजोर बनेको छ ।
अंकगणित : राप्रपा निर्णायक
प्रदेशसभामा कुल १०४ सदस्य छन् । सरकार टिकाउन वा नयाँ सरकार गठन गर्न कम्तीमा ५३ सांसद चाहिन्छ । कांग्रेससँग ३६ सांसद मात्र छन् । बहुमतका लागि थप १७ सांसद आवश्यक छ ।
अर्काेतर्फ नेकपासँग २६ र एमालेसँग २५ सांसद छन् । दुवै दल मिल्दा ५१ मात्र पुग्छ, बहुमतभन्दा दुई सिट कम । त्यसैले १२ सांसद रहेको राप्रपाले जसलाई समर्थन गर्छ, वाग्मतीको सत्ता उसकै हातमा पुग्छ ।
कांग्रेस राप्रपासहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा)सँग पनि समानान्तर संवादमा छ । नेमकिपाको तीन र हानेपाको दुई सिट छ । तर, राप्रपाबिना वाम गठबन्धन पनि सरकार बनाउन सक्दैन र कांग्रेसले पनि राप्रपा वा साना दलहरूको पूर्ण साथबिना बहुमत पुर्याउन सक्दैन ।
आन्तरिक विभाजनले जटिल
राप्रपाभित्रै देखिएको आन्तरिक विभाजनले परिस्थिति थप जटिल बनेको छ । दुई धारमा विभाजित नेताहरूबीच सहमति नजुट्दा कार्यसम्पादन समिति बैठकसमेत बस्न सकेको छैन । त्यसैले समर्थनको औपचारिक निर्णय अझै अनिश्चित छ ।
राप्रपाका वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बाह्रखरीसँग कांग्रेस र वाम गठबन्धन दुवैतर्फबाट प्रस्ताव आएको स्वीकार गरेका छन् ।
“यो अवस्था बनाउन राप्रपाको कुनै भूमिका छैन,” थापाले भने, “केन्द्रमा कांग्रेस–एमाले गठबन्धन टुटेपछि वाग्मतीमा यो परिस्थिति सिर्जना भएको हो । बजेट पारित गर्ने क्रममा १४ मन्त्रालय घटाएर आठ मन्त्रालय बनाउने निर्णय साउन १ गतेदेखि कार्यान्वयन गर्नुपर्ने बाध्यतासँगै सत्ता समीकरण फेरिएको हो ।”
कुन पक्षमा ?
थापाले वाम गठबन्धनतर्फ अंकगणित स्पष्ट रहेको बताए । “उहाँहरूको ५१ सिट छ, हाम्रो १२ जोड्दा ६३ पुग्छ, सुविधाजनक बहुमत बन्छ,” उनले भने ।
कांग्रेसतर्फ भने नेमकिपाको भूमिका र कांग्रेसभित्रको तरलताले अझै अनिश्चितता रहेको उनको भनाइ छ ।
थापाले पार्टीले सबै प्रस्ताव शीर्ष नेतृत्वसमक्ष राखिसकेको जानकारी दिँदै निर्णय अब धेरै टाढा नरहेको बताए । राप्रपा सरकारमै सहभागी हुने कि बाहिरैबाट समर्थन गर्ने भन्ने विषय अझै खुला रहेको छ ।
“साउन २/३ गते नै चाहेको भए हामी सरकारमा भइसक्थ्यौँ होला,” थापाले भने, “तर हामी सत्ताकेन्द्रित राजनीति गर्दैनौँ । आगामी दुई, तीन दिनमै ठोस निर्णय दिन्छौँ ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनकोसी दुर्घटना : खोजीकार्यको लागि गोताखोर परिचालन

वाग्मतीको सत्ता राप्रपाको ‘होल्ड’मा : निर्णय नजुट्दा सरकार गठन अन्योल !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepalese Lawmakers Call for Social Harmony Amid Economic Challenges

सुनकोसी दुर्घटना : खोजीकार्यको लागि गोताखोर परिचालन

Devotees Queue at Pushupatinath Temple for Auspicious Monday Worship

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू

जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक, धेरै भारतीय

फेसबुकले हटायो ८ हजार कर्मचारी, एआईमा १३० अर्ब डलर खर्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu