ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ४५   बजे

स्याङ्जा । प्रदेश अस्पताल स्याङ्जामा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको दायरा विस्तार भएसँगै अस्पतालप्रति नागरिकको विश्वास बढे पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ।

पुतलीबजार नगरपालिका–३ कुमालगाउँस्थित ५० शैयाको अस्पतालमा अहिले दैनिक २०० देखि २५० जनासम्म ओपिडी सेवा लिन आउने गरेका छन् भने ५० भन्दा बढी आकस्मिक बिरामी उपचारका लागि पुग्ने गरेका छन्। मौसम परिवर्तनसँगै ज्वरो, रुघाखोकी, संक्रमणलगायतका बिरामी बढेपछि अस्पतालमा चाप बढेको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिलकुमार भुजेलका अनुसार अस्पतालमा ६८ जनाको स्थायी दरबन्दी भए पनि हाल ११ जना मात्र स्थायी कर्मचारी कार्यरत छन्। कुल ९० जना कर्मचारीमध्ये ७९ जना करारमा रहेकाले अस्पतालको सेवा करार कर्मचारीकै भरमा सञ्चालन भइरहेको उनले बताए।

उनका अनुसार करार कर्मचारी बारम्बार फेरिने भएकाले अनुभवी जनशक्ति टिकाउन कठिन हुने र त्यसले सेवा प्रवाहको गुणस्तरमा समेत असर पार्ने गरेको छ।

जनशक्ति अभावका बाबजुद अस्पतालले आकस्मिक सेवा, बहिरंग (ओपिडी), मातृ तथा प्रसूति सेवा, मिर्गौला डायलासिस, आँखा, दाँत, भिडियो एक्स–रेलगायतका सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको छ। सेवा विस्तारसँगै दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।

सदरमुकाम नजिकै रहे पनि सहज सडक पहुँचको अभावले बिरामी र सेवाग्राहीले थप सास्ती खेप्दै आएका छन्। पछिल्ला वर्षमा सेवा विस्तार, उपकरण व्यवस्थापन र प्रशासनिक सुधारका कारण अस्पतालप्रति सर्वसाधारणको विश्वास बढे पनि बिरामीको चापअनुसार स्थायी चिकित्सक र कर्मचारीको व्यवस्था हुन नसके सेवाको गुणस्तर कायम राख्न चुनौती हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Indian Parliament Set to Debate Banking and Tax Laws

China’s Smart Dragon-3 Rocket Successfully Deploys Satellites From Sea

India’s RBI Expected to Maintain Status Quo Amid Positive Economic Indicators

Danube River Reaches Record Low, Revealing WWII German Warships

US Inches Closer to Strait of Hormuz Deal With Iran and Oman

Indian Pilgrim Drowns Near Janaki Temple

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu