ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   १० : ५५   बजे

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ३३.५० प्रतिशतको उल्लेखनीय वृद्धि भएको जनाएको छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यो रकम ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ थियो।

बैंकको वित्तीय विवरणअनुसार कर्जा लगानी र निक्षेप दुवैमा दोहोरो अंकको वृद्धि भए पनि स्प्रेड दर घटेकाले खुद ब्याज आम्दानी अपेक्षाअनुसार बढ्न सकेन। अघिल्लो वर्ष १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको स्प्रेड दर ३.५७ प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ। खुद फी तथा कमिसन आम्दानी पनि सामान्य वृद्धि हुँदै ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ।

बैंकको नाफामा सुधार हुनुको प्रमुख कारण भने निष्क्रिय कर्जामा आएको कमी र कर्जा नोक्सानी व्यवस्थामा भएको उल्लेखनीय गिरावट हो। अघिल्लो वर्ष ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्था घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा ०.५८ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकले निष्क्रिय कर्जाको ११९.७३ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था गरेको छ।

नाफा वृद्धि भएसँगै सेयरधनीका लागि वितरणयोग्य नाफा पनि बढेको छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता १९.१० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो क्षमता १४.२५ प्रतिशत थियो। बैंकले गत वर्ष जारी गरेको ५ अर्ब रुपैयाँ बराबरको पर्पेचुअल नन–क्युमुलेटिभ अग्राधिकार सेयरका लागि २३ करोड ३४ लाख २५ हजार रुपैयाँ लाभांश छुट्याएको छ।

अन्य वित्तीय सूचकमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८९ पैसाबाट बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा र मूल्य–आम्दानी अनुपात १८.८६ गुणा रहेको छ।

बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको आधार दर ५.८३ प्रतिशतबाट घटेर ४.४४ प्रतिशतमा झरेको छ।

पुँजीगत आधार थप सुदृढ बनाउन बैंकले यसै वर्ष ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अग्राधिकार सेयर’ जारी गरेको छ। बैंकको पूँजीकोष अनुपात १२.३७ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात ९.६८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

धुलो–धुवाँमुक्त काठमाडौं बनाउने तयारी, ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu