ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   १० : ४५   बजे

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका भित्रका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन ।

उनले दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको पत्थरको मूर्ति तथा पोखरा बहुमुखी क्याम्पसलाई सरस्वती मुर्तिको लागि फलामको छाता हस्तान्तरण गरिन् । त्यसैगरी, महेन्द्र माध्यमिक विद्यालय र नवप्रभात माध्यमिक विद्यालय, नयाँबजारलाई एक थान सरस्वतीको पत्थरको मूर्ति समेत उनले दिइन् ।

कार्यक्रममा बोल्दै चर्माकारले धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा विद्यालयमा विद्याकी देवी सरस्वतीप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले मूर्ति हस्तान्तरण गरिएको बताइन् । उनले यस्ता सामाजिक तथा धार्मिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।

चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले समितिको तर्फबाट वडा सदस्य गीता नेपाली प्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले मन्दिरको सौन्दर्य र धार्मिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । नवप्रभात माध्यमिक विद्यालयकी प्रधानाध्यापक माया थापाले सरस्वतीको मूर्ति प्राप्त हुनु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा ज्ञान, संस्कार र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताईन ।

स्थानीयवासीले धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई जोड्ने यस्तो कार्यको प्रशंसा गर्दै यस्ता उदाहरणीय अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । हस्तान्तरण कार्यक्रममा चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेल, पोखरा महानगरपालिका वडा नं. ३ की वडा सदस्य सवि परियार, पोखरा–९ की पूर्व वडा सदस्य राममाया मानन्धर, पोखरा नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रवीन्द्र माकाजु, दरबारन्युजका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाट, ज्योतिष पण्डित बिशाल चापागाईंलगायतले बोलेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

बजारबाट तरलता तान्दै राष्ट्र बैंक, ६० अर्ब रुपैयाँको एकमहिने निक्षेप सङ्कलन उपकरण निष्कासन

सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ

कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग

डिजिटल कारोबार बढाउन ‘नेशनल लोटरी स्किम’ सुरु, ७६ अर्बका २ करोड कारोबार आबद्ध

प्रतिनिधिसभा बैठक आज : विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

देशभर मासु जाँच ऐन लागू हुँदै : अस्वस्थ मासुमा रोक, वधशालाको फोहोरबाट उद्योग सञ्चालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu