ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध स्लेट ढुंगा ओसारपसार गर्ने पिकअप नियन्त्रणमा, १० हजार रुपैयाँ जरिवाना


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   ५ : १५   बजे

बागलुङ । बागलुङ प्रहरीले अवैध रूपमा उत्खनन गरी स्लेट ढुंगा ओसारपसार गरिरहेको एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ। आवश्यक कागजात तथा बिलबिजकविना ढुंगा ढुवानी गरिएको पाइएपछि सम्बन्धित सवारीलाई कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रहरी चौकी बिहुँबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ताराखोला गाउँपालिका–१ माझखर्कबाट पोखरातर्फ जाँदै गरेको बा १३ च ५०१३ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको थियो।

प्रहरीको प्रारम्भिक जाँचमा उक्त पिकअपमा अवैध रूपमा उत्खनन गरिएको ठूलो परिमाणको स्लेट ढुंगा ओसारपसार भइरहेको भेटिएपछि सवारी साधनलाई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती ले जानकारी दिए।

नगरपालिकाको राजस्व शाखाले गरेको परीक्षणमा ढुंगा ढुवानीका लागि आवश्यक भ्याट बिल तथा बिलबिजक नभएको पुष्टि भएपछि सवारीधनीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बागलुङ नगरपालिकाका राजस्व शाखाका सहायक कम्प्युटर अपरेटर हरिनारायण उपाध्याय का अनुसार वैधानिक कागजातबिना ढुंगाको कारोबार तथा ढुवानी गरिएको पाइएकाले प्रचलित कानुनअनुसार जरिवाना गरिएको हो।

“भ्याट बिलबिना अवैध रूपमा कारोबार गरेको देखिएपछि कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना गरिएको हो,” उपाध्यायले बताए।

पछिल्लो समय बागलुङका विभिन्न क्षेत्रमा नदीजन्य तथा खानीजन्य सामग्रीको अवैध उत्खनन र ओसारपसारका घटना बढ्दै गएको भन्दै प्रहरीले नियमित निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ। प्रहरी र स्थानीय तहले प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न संयुक्त रूपमा अनुगमनलाई निरन्तरता दिने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

बागलुङमा एलपी ग्यासको कालोबजारी, बढी मूल्यमा बिक्री गरेको आरोपमा व्यवसायीमाथि मुद्दा

अन्नपूर्ण गाउँपालिकामा वडा पुनर्संरचनाको प्रस्ताव, घान्द्रुक र सल्यानमा थप वडा बनाउने तयारी

इन्जिनियरिङ प्रवेश परीक्षामा मदरल्यान्ड उत्कृष्ट : आइओई र केयूमा अमृत तिमिल्सिना दुवैतर्फ दोस्रो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न पाइने

 पहिरोको जोखिमपछि बागलुङमा एक परिवार सुरक्षित स्थानमा सारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu