ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा एलपी ग्यासको कालोबजारी, बढी मूल्यमा बिक्री गरेको आरोपमा व्यवसायीमाथि मुद्दा


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   १ : ३५   बजे

बागलुङ । बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा महँगोमा बिक्री गर्ने व्यवसायीविरुद्ध बागलुङ जिल्ला प्रशासन कार्यालयले कडा कारबाही सुरु गरेको छ। बढी मूल्यमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् भने ४७ वटा ग्यास सिलिन्डर बरामद गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत सोमबार तोकिएको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा गृहलक्ष्मी ग्यासका विक्रेतामाथि कालोबजारी मुद्दा दर्ता गरिएको छ। उक्त ग्यास वितरणमा प्रयोग भएको न्यु कपुर किचनको सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रशासनले बजारमा ग्यास अभाव देखाएर चर्को मूल्यमा बिक्री भइरहेको सूचना पाएपछि प्रहरीसँगको समन्वयमा डिपोहरूमा छापा मार्ने, निगरानी बढाउने र कालोबजारी नियन्त्रण अभियान सुरु गरेको जनाएको छ।

व्यवसायीहरूले भने आफूहरूले कालोबजारी नगरेको दाबी गर्दै नियमित ग्राहकको घरसम्म ग्यास पुर्‍याउँदा ढुवानी खर्च मात्र लिएको बताएका छन्।

‘कृत्रिम अभाव देखाएर ठगी गर्न पाइँदैन’

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।

“सामान्य अवस्थामा जिल्लामा मासिक ४ हजार ४ सय सिलिन्डर आए पुग्ने गरेको थियो। अहिले त्योभन्दा बढी ग्यास भित्रिँदा पनि अभाव देखाएर महँगोमा बिक्री गर्न खोजिएको पाइयो। यस्तो अवस्थामा कारबाही अनिवार्य हुन्छ,” उनले भने।

उनका अनुसार कसुरको प्रकृतिअनुसार कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ।

तोकिएको मूल्यभन्दा बढी लिए कारबाही

जिल्ला प्रहरी प्रमुख एसपी फडिन्द्र प्रसाईले तोकिएको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गर्नु कालोबजारी हुने र त्यसविरुद्ध कानुनी कारबाही गरिने बताए।

प्रशासन र एलपी ग्यास विक्रेताबीच भएको सहमतिअनुसार हाल:

  • बागलुङ बजारमा प्रतिग्यास सिलिन्डर २,१५० रुपैयाँ
  • गलकोटमा २,२५० रुपैयाँ
  • बुर्तिवाङमा २,३०० रुपैयाँ निर्धारण गरिएको छ।

घरसम्म ट्याक्सी वा रिक्सा प्रयोग गरेर ग्यास पुर्‍याउँदा लाग्ने ढुवानी खर्च भने उपभोक्ताले छुट्टै तिर्नुपर्ने व्यवस्था रहेको छ।

अनुगमनमा खुले अनियमितता

प्रशासनको अनुगमनका क्रममा केही डिपोहरूले २,३०० देखि २,५०० रुपैयाँसम्ममा ग्यास बिक्री गरेको, पसलमा ग्यास नभएको भन्दै सर्वसाधारणलाई फर्काउने तर गोप्य रूपमा आफन्त वा चिनेजानेकालाई बढी परिमाणमा बिक्री गर्ने तथा स्टक राख्ने गरेको भेटिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी आचार्यले व्यवसायीलाई कारबाही गर्नु उद्देश्य नभए पनि उपभोक्ता हित संरक्षणका लागि बाध्य भएर कानुनी प्रक्रिया अघि बढाइएको बताए।

उद्योग वाणिज्य संघको आग्रह

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले केही व्यवसायीबाट कमजोरी भएको स्वीकार गर्दै त्यसलाई नियतवश गरिएको कालोबजारीका रूपमा नहेर्न आग्रह गरे।

“केही साथीहरूले आफन्तलाई घरसम्म ग्यास पुर्‍याउने क्रममा गल्ती गरेका हुन सक्छन्। डिपोबाटै तोकिएको मूल्यमा बिक्री हुनुपर्थ्यो। व्यवसायीहरूले कमजोरी स्वीकार गरेका छन्। आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धतासहित सहजीकरण गरिदिन प्रशासनसँग आग्रह गरेका छौं,” उनले भने।

४७ सिलिन्डर बरामद, थप निगरानी

प्रहरीले कालोबजारीका लागि लुकाएर राखिएको आशंकामा ४७ वटा एलपी ग्यास सिलिन्डर बरामद गरेको छ। ती सिलिन्डर कानुनी प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित पक्षलाई फिर्ता गरिने जनाइएको छ।

यस विषयमा उद्योग वाणिज्य संघ, एलपी ग्यास विक्रेता संघ र जिल्ला प्रशासनबीच छलफल भइरहेको छ।

प्रशासनले सदरमुकामका नौवटा ग्यास डिपोमा नियमित निगरानी गरिरहेको छ भने ग्यास लुकाएर राख्न सकिने आशंकास्पद स्थानहरूमा समेत अनुगमन तीव्र बनाइएको छ।

यस्तै, सचिना किराना पसल, पञ्चकोट किराना पसल र सर्वसिद्धि फिड सर्भिसले अनुमति बिना एलपी ग्यास बिक्री गरेको आरोपमा उनीहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार जिल्लामा अहिले ग्यासको कृत्रिम अभाव नरहेको र आवश्यकताअनुसार एलपी ग्यासको आपूर्ति क्रमशः बढिरहेको छ। प्रशासनले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम तिर्न बाध्य पार्ने गतिविधि देखिए तत्काल सूचना दिन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अन्नपूर्ण गाउँपालिकामा वडा पुनर्संरचनाको प्रस्ताव, घान्द्रुक र सल्यानमा थप वडा बनाउने तयारी

इन्जिनियरिङ प्रवेश परीक्षामा मदरल्यान्ड उत्कृष्ट : आइओई र केयूमा अमृत तिमिल्सिना दुवैतर्फ दोस्रो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न पाइने

 पहिरोको जोखिमपछि बागलुङमा एक परिवार सुरक्षित स्थानमा सारियो

पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी: अध्यक्षमा चार दाबेदार, सहमतिभन्दा प्रतिस्पर्धाको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu