ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व आदिवासी दिवसको अवसरमा वृक्षरोपण, वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : ४५   बजे

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले आफ्नो २७औँ स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गरिरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार विभिन्न प्रजातिका फलफूल तथा छायाँ दिने बिरुवा रोपेको हो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रंगशालाको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले सुन्दर, हरियाली र स्वच्छ पोखरा निर्माणका लागि रंगशाला परिसरमा विभिन्न सरकारी निकाय, खेलकुद संस्था तथा सामाजिक संघसंस्थाको सहकार्यमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको जानकारी दिए।

फोनिज गण्डकी प्रदेश अध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायको जीवनशैली प्रकृति र वातावरणसँग घनिष्ठ रूपमा जोडिएको उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिइन्। उनले वातावरणमैत्री गतिविधि प्रवर्द्धन गर्दै भावी पुस्ताका लागि हरियाली संरक्षण गर्नु साझा दायित्व भएको बताइन्।

फोनिज कास्कीकी अध्यक्ष बिनाकुमारी थापाले पत्रकारितासँगै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणका क्षेत्रमा पनि संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्। उनले आगामी दिनमा पनि वृक्षरोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

शनिबारको कार्यक्रममा लिची, आँप, जामुन, एभोकाडो, बेलौती, कपुर लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए।

फोनिज कास्कीले विश्व आदिवासी दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी प्रकृति संरक्षणसँग जोडिएको सामाजिक अभियानमार्फत मनाएको जनाएको छ। संस्थाका अनुसार वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र हरियाली प्रवर्द्धनका यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

ग्यासमा कालोबजारी रोक्न काठमाडौं उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

आज ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

१३ वर्षपछि फेरि चले हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु

नेपालमा सार्वजनिक  लिपमोटर बी०३एक्स : ५०५ किमि रेन्ज, ४४.९९ लाखमै पहिलो १०० ग्राहकलाई उपलब्ध

कतिआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ६४ पैसामा कारोबार छ आज डलरको भाउ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu