ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन बीमालेख समयअगावै बन्द हुने क्रम रोक्न बीमक र अभिकर्ताले के गर्ने?


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   २ : ५५   बजे

काठमाडौं । जीवन बीमालेखको अवधि पूरा नहुँदै बीमितले बीमालेख समर्पण गर्दा बीमितसँगै बीमकलाई समेत आर्थिक क्षति हुने गरेको छ। बीमा अवधि पूरा हुनुअघि बीमालेख बन्द गर्दा बीमकले अभिकर्ता कमिसन, नियामकीय दस्तुर र व्यवस्थापन खर्चलगायतका लागत कटाएर भुक्तानी गर्नुपर्ने भएकाले बीमितले अपेक्षाकृत कम रकम पाउने अवस्था आउँछ।

बीमालेख समयअगावै समर्पण हुने क्रम घटाउन बीमक तथा अभिकर्ताले ग्राहकको आवश्यकता बुझेर उपयुक्त बीमालेख बिक्री गर्ने, पारदर्शी जानकारी दिने र नियमित सम्पर्कमा रहने रणनीति अपनाउनुपर्ने देखिएको छ।

ग्राहकको आवश्यकता बुझ्नुपर्ने

बीमितलाई बीमालेखका फाइदा, सर्त तथा दीर्घकालीन मूल्यबारे सरल र स्पष्ट जानकारी दिनुपर्ने हुन्छ। ग्राहकको जीवन अवस्था र वित्तीय लक्ष्यअनुसार उपयुक्त बीमालेख छनोट गर्न सहयोग गरेमा अनावश्यक रूपमा बीमा खरिद गर्ने प्रवृत्ति घटाउन सकिन्छ।

बीमितका गुनासा तथा समस्यालाई पनि छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक हुन्छ।

नियमित सञ्चार र सेवा

बीमाशुल्क भुक्तानीको मिति, बीमालेखका फाइदा, अवधि तथा अन्य आवश्यक विवरणबारे एसएमएस वा इमेलमार्फत नियमित जानकारी दिन सकिन्छ। ग्राहकको बदलिँदो आर्थिक तथा पारिवारिक अवस्थाअनुसार बीमालेखको आवधिक समीक्षा गर्ने व्यवस्था पनि उपयोगी हुन सक्छ।

त्यस्तै, ग्राहकका जिज्ञासा तत्काल सम्बोधन गर्न सहज ग्राहक सेवा प्रणाली विकास गर्नुपर्ने देखिएको छ।

पारदर्शिताबाट विश्वास बढाउनुपर्ने

बीमालेखका दस्तावेज र सर्तहरू बुझ्न सजिलो हुने गरी प्रस्तुत गर्नुपर्ने हुन्छ। दाबी प्रक्रियालाई सरल, पारदर्शी र छिटो बनाउँदा बीमितको विश्वास बढ्न सक्छ।

ग्राहकको वास्तविक आवश्यकता नबुझी जबरजस्ती बीमालेख बिक्री गर्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नुपर्ने देखिन्छ।

बीमाशुल्क भुक्तानीमा लचकता

बीमाशुल्क भुक्तानीका विभिन्न विकल्प तथा उपलब्ध मोहलत अवधिबारे ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने हुन्छ। जीवनमा आउने परिवर्तनअनुसार बीमालेख परिमार्जन गर्ने सुविधा तथा छोटो अवधिको आर्थिक समस्यामा बीमालेख अस्थायी रूपमा स्थगन गर्न सकिने व्यवस्था भए बीमालेख समर्पण घटाउन सहयोग पुग्न सक्छ। यस्ता सुविधा नेपाली बीमा बजारमा हाल उपलब्ध नरहेको बताइएको छ।

निरन्तरताका लागि प्रोत्साहन

लामो समयसम्म बीमालेख कायम राख्ने ग्राहकलाई बोनस, छुट वा अतिरिक्त सुविधा दिने ‘लोयल्टी बोनस’ जस्ता कार्यक्रम प्रभावकारी हुन सक्छन्। पछिल्लो समय केही जीवन बीमा कम्पनीले यस्तो अवधारणा लागू गर्न थालेका छन्।

त्यस्तै, बीमालेख व्यतीत नगर्ने ग्राहकलाई थप सुविधा वा अन्य प्रोत्साहन दिने व्यवस्था पनि गर्न सकिन्छ।

प्रविधिको प्रयोग बढाउनुपर्ने

मोबाइल एप तथा अनलाइन पोर्टलमार्फत बीमाशुल्क भुक्तानी, बीमालेख नवीकरण तथा पुनर्जागरणलाई सहज बनाउन सकिन्छ। ग्राहकको व्यवहार विश्लेषण गरी बीमालेख बन्द गर्न सक्ने सम्भावना भएका ग्राहक पहिचान गरेर समयमै सूचना तथा परामर्श दिन पनि डेटा एनालिटिक्सको प्रयोग गर्न सकिन्छ।

बीमालेख बन्द गर्ने कारण पहिचान आवश्यक

बीमालेख समर्पण गर्ने ग्राहकसँग प्रत्यक्ष संवाद वा ‘एक्जिट इन्टरभ्यु’ गरी त्यसको कारण पत्ता लगाउन सकिन्छ। यस्तो प्रतिक्रियाका आधारमा बीमा कम्पनीले आफ्नो उत्पादन, सेवा तथा ग्राहक व्यवस्थापनमा सुधार गर्न सक्छन्।

अभिकर्ताको भूमिका महत्वपूर्ण

बीमा अभिकर्तालाई ग्राहकको आवश्यकता, सहानुभूति र नैतिक बिक्रीसम्बन्धी तालिम दिनुपर्ने देखिन्छ। अभिकर्ताको कार्यसम्पादन मूल्यांकन गर्दा नयाँ बीमालेख बिक्रीको संख्यासँगै बीमालेख निरन्तरताको अवस्थालाई समेत महत्वपूर्ण सूचक बनाउन सकिन्छ।

समग्रमा, बीमितको आवश्यकता र आर्थिक क्षमताअनुसार उपयुक्त बीमालेख बिक्री गर्ने, पारदर्शी जानकारी उपलब्ध गराउने, नियमित सम्पर्क कायम राख्ने तथा ग्राहक सेवामा सुधार गर्ने हो भने जीवन बीमालेख समयअगावै समर्पण हुने क्रम घटाउन सकिने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

छोरीहरू भिडियो कलमै, बुवाको अन्तिम संस्कार वृद्धाश्रमका कर्मचारीले गरे

कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुने संकेत

सम्बन्धित

लमजुङमा ७५ वर्षीया वृद्धा घरभित्र मृत फेला, हत्या आशंकामा अनुसन्धान

कर तिर्ने म्याद र छुटको असर : बागलुङमा लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

नीतिगत सुधार र लगानी विस्तारसँगै आर्थिक वृद्धि सम्भव : गुणाकर भट्ट

सेबोनद्वारा ‘प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र’ सार्वजनिक

नाबालिगको डिम्ब निकालिएको घटनामा डा. नूतन शर्मा प्रहरीसमक्ष हाजिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu