काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा शासकीय अराजकता बढ्दै गएको बताएका छन् ।
केन्द्रीय समिति बैठकका एजेन्डाबारे धारणा राख्दै थापाले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा मिच्न नहुने बताए । उनले प्रधानमन्त्रीले आफूलाई ‘ब्रेक नभएको गाडी एक्स्प्रेस वेमा दौडिरहेको’ जस्तो प्रस्तुत गर्न नमिल्ने टिप्पणी गरे ।
थापाले तीव्र गतिमा अघि बढ्नु प्रधानमन्त्रीको छनोट भए पनि विधि र कानुनको ‘लेन’ मिच्न नपाइने बताए । एकपटक भएको गल्तीलाई संयोग मान्न सकिए पनि पटक–पटक दोहोरिने अवस्थामा त्यसलाई छुट दिन नसकिने उनको भनाइ छ ।
कार्यपालिकाले न्यायपालिका, संवैधानिक निकाय र संसद्समेत आफ्नो आदेश पालक ठान्ने प्रवृत्ति बढेको आरोप लगाउँदै थापाले भने, ‘नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हुँदैन।’
उनले अख्तियार प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत उठाएका छन् ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्