ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिए


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ४ : २५   बजे

काठमाडौं । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान एकापसमा ठोक्किनबाट जोगिएका छन्। घटनामा एक जना चालक दलका सदस्य घाइते भएका छन्।

आइतबार सिड्नी विमानस्थलमा जेटस्टारको एयरबस ए३२० र कतार एयरवेजको बोइङ ७७७ नजिकिएपछि दुवै विमानलाई तत्काल रोकिएको थियो।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोका अनुसार जेटस्टारको ए३२० विमान क्विन्सल्यान्डको गोल्ड कोस्टका लागि उडान भर्न ट्याक्सी गरिरहेको थियो। त्यही क्रममा अर्को ट्याक्सीवेमा टोइङ गाडीमार्फत लैजाँदै गरिएको कतार एयरवेजको बोइङ ७७७ विमान निकै नजिक आएको चालक दलका सदस्यले देखेका थिए।

दुवै विमान तत्काल रोकिए पनि जेटस्टारको क्याबिनभित्र हिँडिरहेका एक चालक दलका सदस्य लडेर घाइते भएका थिए। उनको घटनास्थलमै प्यारामेडिक्स टोलीले उपचार गरेको थियो।

घटनामा कतार एयरवेजको बोइङ ७७७ को अगाडिको ह्वील अर्थात् नोज गियर र टोइङ गाडीबीचको कनेक्सनमा क्षति पुगेको बताइएको छ।

घटनाको कारण पत्ता लगाउन अस्ट्रेलियाली सुरक्षा निकायले अनुसन्धान थालेको छ। अधिकारीहरूले दुवै विमान र एयर ट्राफिक कन्ट्रोलबाट आवश्यक तथ्य तथा डाटा संकलन गरिरहेका छन्। चालक दलका सदस्य तथा टोइङ गाडीका अपरेटरसँग पनि सोधपुछ भइरहेको छ।

नियामक निकायले घटनाका बेला विमानस्थलमा रहेका प्रत्यक्षदर्शीलाई उपलब्ध भए घटना सम्बन्धी फोटो वा भिडियो उपलब्ध गराउन आग्रह गरेको छ।

जेटस्टारले पनि घटनाबारे छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ। घटनाका कारण सिड्नी विमानस्थलमा केही उडान प्रभावित भएको एयरसर्भिसेस अस्ट्रेलियाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, १ हजार ३०० भन्दा बढी उडान रद्द

हङकङमा आवासीय भवनमा आगलागी, १६ जना अस्पताल भर्ना

नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको पहिलो भिडियो सार्वजनिक

साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता : भारतका लागि कति ठूलो चुनौती?

साउदी–टर्की–पाकिस्तानको रक्षा सम्झौता : उदाउँदै ‘इस्लामिक नेटो’?

अमेरिकी ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu