ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मल पुर्जाको शव अन्तिम संस्कारका लागि बेलायत लगियो


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव अन्तिम संस्कारका लागि बेलायत लगिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान उहाँको शव पाकिस्तानको इस्लामावादबाट बेलायत पठाइएको हो। परिवारको इच्छाअनुसार निर्मल पुर्जाको अन्तिम संस्कार बेलायतमै गरिने जनाइएको छ।

ब्रोड पिक दुर्घटनामा १० जनाको मृत्यु

ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये ६ जना नेपाली रहेको बताइएको छ।

गत शुक्रबार इस्लामावाद ल्याइएका शवमध्ये निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव पनि समावेश थियो।

अन्य नेपालीको शव नेपाल ल्याउने तयारी

दुर्घटनास्थलबाट उद्धार गरिएको पुरबहादुर गुरुङ ‘युक्त’को शव बिहीबार नेपाल ल्याइएको थियो।

इस्लामावादमा रहेका अन्य तीन नेपालीको शव मंगलबार काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ। मंगलबार सम्भव नभए बुधबारसम्म शव नेपाल ल्याउने योजना रहेको बताइएको छ।

घटनास्थलमै अझै तीन शव

दुर्घटनास्थलमा अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव रहेको जानकारी प्राप्त भएको छ।

नेपाली नागरिक नवाङ थिन्डु शेर्पासहित उनीहरूको शव भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण घटनास्थलबाट संकलन गर्न समस्या भइरहेको स्रोतले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

चिनियाँ कम्पनीको नीतिः ‘यदि तपाइँ दुःखी हुनुहुन्छ भने बिदामा बस्नुहोला’

नेपाल स्की संघको ३४ लाख ८० हजार रुपैयाँको बजेट पारित

विदेशी एयरलाइन्सको एकाधिकारले हवाई भाडा महँगियो : सोट्टो–नेपाल

पर्यटकको रोजाइमा धागेछरा

काठमाडौंमा मेट्रो रेलको प्रस्ताव, रत्नपार्क–सूर्यविनायक खण्डलाई प्राथमिकता

‘भाले बास्ने ताल’ : पुस्तकका पानाबाट प्रकृतिको काखसम्म, ओझेलमा परेको म्याग्दीको अद्भुत पर्यटकीय सम्पदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu