ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पल–ओपनएआई विवाद चर्कियो, व्यापारिक रहस्य चोरीको आरोपमा मुद्दा


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौं । एप्पल र च्याटजीपीटी निर्माता ओपनएआईबीच व्यापारिक गोपनीयता चोरीको आरोपलाई लिएर कानुनी विवाद चर्किएको छ। एप्पलले आफ्ना पूर्वकर्मचारीमार्फत व्यापारिक गोप्य सूचना चोरी गर्न खोजेको आरोपमा ओपनएआईविरुद्ध मुद्दा दायर गरेको छ भने ओपनएआईले आरोप निराधार भएको भन्दै मुद्दा खारेज गर्न माग गरेको छ।

एप्पलले क्यालिफोर्नियाको सान जोसेस्थित अदालतमा दायर गरेको मुद्दामा ओपनएआईले आफ्ना पूर्वकर्मचारीमार्फत आईफोन निर्माता कम्पनीका गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ। एप्पलका अनुसार ओपनएआईले आफ्नै हार्डवेयर विकास गर्ने क्रममा एप्पलको व्यापारिक जानकारी प्रयोग गर्न खोजेको हो।

ओपनएआईले भने एप्पलको आरोप अस्वीकार गर्दै मुद्दा खारेज गर्न अदालतसमक्ष माग गरेको छ। कम्पनीका वकिलले एप्पलको दाबीलाई आधारहीन र बहानामा आधारित भएको जिकिर गरेका छन्।

यस मुद्दामा संघीय न्यायाधीश एडवर्ड डभिलाले अक्टोबर १ मा दुवै पक्षको मागमाथि सुनुवाइ गर्ने भएका छन्। रोचक पक्ष के छ भने कानुनी विवादका बाबजुद एप्पल र ओपनएआईबीचको सहकार्य भने जारी छ। एप्पलले सन् २०२४ देखि आफ्ना विभिन्न उत्पादन तथा सेवामा च्याटजीपीटी एकीकरण गर्दै आएको छ।

एप्पलको प्रारम्भिक उजुरीअनुसार उसका ४०० भन्दा बढी पूर्वकर्मचारी अहिले ओपनएआईमा कार्यरत छन्। एप्पलले ती कर्मचारीमार्फत आफ्नो हार्डवेयर विकाससँग सम्बन्धित गोप्य सूचना ओपनएआईले प्रयोग गरिरहेको आरोप लगाएको छ।

मुद्दामा ओपनएआईको नयाँ हार्डवेयर योजनालाई समेत एप्पलले प्रमाणका रूपमा प्रस्तुत गरेको छ। कम्पनीले एप्पलका पूर्व डिजाइन प्रमुख जोनी आइभले स्थापना गरेको लभफ्रमसँगको सहकार्यमा स्क्रिनरहित स्मार्ट स्पिकर विकास गरिरहेको बताइएको छ। उक्त उपकरणको डिजाइन र सम्भावित मूल्यबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसअघि रिपोर्ट गरेका थिए।

तर ओपनएआईले आफूले एप्पलको व्यापारिक गोप्य सूचना प्रयोग नगरेको दाबी गरेको छ। कम्पनीले नयाँ हार्डवेयर उत्पादन पूर्ण रूपमा आफ्नै डिजाइन र प्रविधिमा विकास भइरहेको जनाएको छ।

यसैबीच, एप्पलका हार्डवेयर प्रमुख टाङ टानले पूर्वकर्मचारीसँग प्रोटोटाइप र डिजाइन फाइल मागेको आरोप पनि ओपनएआईले अस्वीकार गरेको छ। कम्पनीले पूर्वकर्मचारीसँगको अन्तर्वार्ता र प्रोटोटाइपसम्बन्धी छलफल प्रविधि उद्योगमा हुने सामान्य अभ्यास भएको जिकिर गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

संसद्मा पहिरनको बहस : बर्मन बुढाको भोटो–कछाडदेखि मन्त्रीको ड्रेस कोडसम्म

सुधारकेन्द्रमा ४४ वर्षीय युवकको मृत्यु, आफन्तको विरोधपछि अवस्था तनावपूर्ण

इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न

नेपाली गलैँचा उद्योग पुनः विश्व बजारमा स्थापित गर्न पाँचवर्षे रणनीतिक कार्ययोजना

ग्यास अभाव हट्दै, अनावश्यक सिलिन्डर नथुपार्न उद्योग सङ्घको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu