ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार जाँचपासमा अनधिकृत व्यक्ति रोक्ने विभागको निर्देशनको महासंघद्वारा स्वागत


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । भन्सार विभागले प्रचलित भन्सार कानूनबमोजिम नियुक्तिपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिलाई मात्र मालवस्तुको जाँचपास कार्यमा संलग्न गराउने गरी जारी गरेको निर्देशनको भन्सार एजेन्ट महासंघ नेपालले स्वागत गरेको छ।

महासंघले विज्ञप्तिमार्फत कानूनी रूपमा अधिकारप्राप्त व्यक्ति र अनधिकृत व्यक्तिबीच स्पष्ट पहिचान कायम हुनु उत्तरदायी, पारदर्शी तथा व्यवस्थित भन्सार प्रशासनको आधार भएको जनाएको छ। विभागको निर्देशनले भन्सार जाँचपासमा वैधानिक पहिचान र जिम्मेवारी स्पष्ट गर्न सहयोग पुग्ने महासंघको विश्वास छ।

अनधिकृत संलग्नता नियन्त्रणमा जोड

महासंघका अनुसार विभागको निर्देशनले अनधिकृत व्यक्तिको संलग्नता नियन्त्रण गर्नुका साथै पेशागत उत्तरदायित्व र सुशासनलाई सुदृढ बनाउन सहयोग गर्नेछ।

देशभरका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधि प्रचलित भन्सार ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न तयार रहेको महासंघले जनाएको छ। कानूनले तोकेको जिम्मेवारी स्वयं निर्वाह गर्न महासंघ र यसका सदस्य प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले कानूनको प्रभावकारी कार्यान्वयनबाट भन्सार जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेशागत संरचनाका व्यवहारिक पक्ष थप स्पष्ट हुने अपेक्षा गरेको छ।

कठिनाइ आए संस्थागत संवाद गरिने

महासंघले निर्देशन कार्यान्वयनका क्रममा कुनै संरचनागत वा व्यवहारिक कठिनाइ देखिए कानूनको अवज्ञा नगरी भन्सार विभाग तथा नेपाल सरकारसँग संस्थागत संवादमार्फत समाधान खोज्ने जनाएको छ।

तथ्य र व्यावहारिक अनुभवका आधारमा आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि पहल गरिने महासंघको भनाइ छ। साथै, अनधिकृत प्रतिनिधित्व, इजाजतपत्रको दुरुपयोग वा गैरकानुनी अभ्यासको पक्षमा आफू नरहेको महासंघले स्पष्ट पारेको छ।

कानूनले अधिकार, जिम्मेवारी र उत्तरदायित्व तोकेको व्यक्तिबाटै भन्सार जाँचपास प्रणाली सञ्चालन हुनुपर्नेमा महासंघले जोड दिएको छ।

राजस्व सुरक्षा र वैध व्यापारमा सहकार्य

महासंघले राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण, पारदर्शिता, सुशासन तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा नेपाल सरकार र भन्सार प्रशासनसँग जिम्मेवार पेशागत साझेदारका रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

भन्सार प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन आगामी दिनमा पनि आवश्यक भूमिका निर्वाह गर्ने महासंघले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कावासोतीमा माइक्रोबस पल्टिँदा ६ जना घाइते

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

सम्बन्धित

चार दिनमा १७ हजार ८ सयले बढेको सुन आज घट्यो, चाँदी भने महँगियो

नेपाल माइक्रो इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग्यो, विभिन्न पदमा आवेदन खुला

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको गोल्डेन बल

एआईको बढ्दो प्रयोगसँगै डेटा सेन्टरको बिजुली खपत २०३० सम्म १६५ प्रतिशत बढ्ने प्रक्षेपण

तुल्साको मुद्दादेखि प्रहरीको सम्पत्ति शुद्धीकरण अनुसन्धान : २८ मुद्दामा अनुसन्धान, १५ को प्रतिवेदन बुझाइयो

२० वर्षमुनिका युवाका लागि चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu