ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली बजारमा डोङफेङका विद्युतीय बस भित्रिँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ ब्रान्डका विद्युतीय बस नेपाली बजारमा भित्र्याउने भएको छ।

कम्पनीका अनुसार आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ मार्फत डोङफेङका विद्युतीय बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

१२ मिटरका दुई मोडलबाट सुरुवात

आयाम इन्टरकन्टिनेन्टलले पहिलो चरणमा १२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुईवटा विद्युतीय बस मोडल बजारमा ल्याउने तयारी गरेको छ।

त्यसपछि ९ र १२ मिटर लम्बाइका क्रमशः ३८ र ५२ सिट क्षमताका थप ठूला बससमेत नेपाली बजारमा ल्याउने कम्पनीको योजना छ।

डोङफेङका बसको विस्तृत प्राविधिक विशेषता, ब्याट्री क्षमता, रेन्ज तथा मूल्य एक्सपोका क्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

एक्सपोमा बुकिङ गर्नेलाई विशेष छुट

कम्पनीले नेपाली बजारमा उपलब्ध सोही श्रेणीका अन्य विद्युतीय बससँग प्रतिस्पर्धा गर्न सक्ने गरी डोङफेङका बसको मूल्य निर्धारण गर्ने जनाएको छ।

एक्सपो अवधिभर बस बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा अन्य आकर्षक सुविधा उपलब्ध गराउने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ।

देशभर बिक्रीपछिको सेवा

डोङफेङका विद्युतीय बसको बिक्रीपछिको सेवा प्रभावकारी बनाउन आयाम इन्टरकन्टिनेन्टलले हिमालयन अर्गनाइजेशनको देशव्यापी सञ्जाल प्रयोग गर्ने भएको छ।

कम्पनीका अनुसार देशभर रहेका शाखा तथा डिलरमार्फत ग्राहकलाई स्पेयर पार्ट्स, मर्मत तथा आवश्यक प्राविधिक सेवा उपलब्ध गराइनेछ।

विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढ्दै गएको अवस्थामा डोङफेङका बसको प्रवेशले नेपाली बजारमा विद्युतीय बसको विकल्प थप फराकिलो हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कावासोतीमा माइक्रोबस पल्टिँदा ६ जना घाइते

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

सम्बन्धित

चार दिनमा १७ हजार ८ सयले बढेको सुन आज घट्यो, चाँदी भने महँगियो

नेपाल माइक्रो इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग्यो, विभिन्न पदमा आवेदन खुला

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको गोल्डेन बल

एआईको बढ्दो प्रयोगसँगै डेटा सेन्टरको बिजुली खपत २०३० सम्म १६५ प्रतिशत बढ्ने प्रक्षेपण

तुल्साको मुद्दादेखि प्रहरीको सम्पत्ति शुद्धीकरण अनुसन्धान : २८ मुद्दामा अनुसन्धान, १५ को प्रतिवेदन बुझाइयो

२० वर्षमुनिका युवाका लागि चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu