ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोपाइँ सकिँदासमेत किसानले मल पाएनन् : प्रचण्ड


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ११ : ४५   बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँको मुख्य समय सकिँदासमेत किसानले सहज रूपमा रासायनिक मल पाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको आपूर्ति सहज हुन नसक्दा किसानहरू समस्यामा परेको बताएका हुन्।

उनका अनुसार सरकारले समयमा पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार आपूर्ति हुन सकेको छैन। उपलब्ध मलसमेत किसानसम्म समान र पारदर्शी रूपमा पुग्न नसकेको गुनासो बढिरहेको उनको भनाइ छ।

“रोपाइँ सकिँदासमेत मधेसलगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्।”

प्रचण्डले बजारमा उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको दाबी गरेका छन्।

किसानले खेतीका लागि आवश्यक समयमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै उनले सरकारलाई तत्काल आपूर्ति व्यवस्थापनमा गम्भीर हुन आग्रह गरेका छन्।

उनले नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल भएकाले आवश्यकता पर्नुअघि नै तयारी गर्नुपर्ने बताएका छन्।

“हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्वतयारी आवश्यक हुन्छ,” प्रचण्डले भनेका छन्।

आफ्नै सरकारको उदाहरण दिँदै प्रचण्डको दाबी

प्रचण्डले आफू नेतृत्वको तत्कालीन सरकारले रासायनिक मलको आयात तथा वितरणलाई प्राथमिकतामा राखेको दाबी गरेका छन्।

उनका अनुसार तत्कालीन सरकारले मलको आवश्यकता र आयात प्रक्रियाको जटिलतालाई ध्यानमा राख्दै समयमै आपूर्ति तथा वितरणको व्यवस्था मिलाउनुका साथै अर्को आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको थियो।

यसबाट वर्तमान सरकारलाई समयमा नै आवश्यक तयारी गर्नुपर्ने सन्देश दिन खोजेको देखिन्छ।

प्रचण्डले अहिलेको अभाव तत्काल समाधान गर्नुका साथै आगामी वर्षका लागि समेत समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

त्यसैगरी, किसानले समयमै र पारदर्शी ढंगले मल पाउने व्यवस्था मिलाउन तथा वितरण प्रणालीमा देखिएका समस्या हटाउन पनि उनले जोड दिएका छन्।

बिचौलियामाथि नियन्त्रणको माग

प्रचण्डले मल वितरणमा हुने अनियमितता रोक्न कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्नुपर्ने बताएका छन्।

उनले सरकारलाई मलको आयातदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रियालाई पारदर्शी बनाउन र किसानलाई सहज तथा समन्यायिक रूपमा मल उपलब्ध गराउन आग्रह गरेका छन्।

उनको आग्रह छ, “रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न”सरकार गम्भीर बन्नुपर्छ।

रोपाइँको समयमा मलको अभाव नेपाली कृषिमा हरेक वर्ष दोहोरिँदै आएको समस्या हो। त्यसैले तत्कालको आपूर्तिसँगै दीर्घकालीन रूपमा मल खरिद, भण्डारण, ढुवानी र वितरण प्रणाली सुधार गर्नुपर्ने आवश्यकता यस घटनाले फेरि देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

अदुवाले फेरिएको इलामका किसानको अर्थतन्त्र, एकै वर्षमा लाखौँ आम्दानी

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’

नुवाकोटमा ‘घ्याङस्वारा अग्र्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार

जङ्गली जनावरको आतङ्क : किसानको बाली मात्रै होइन, नेपालको खाद्य सुरक्षामाथि पनि बढ्दो संकट

सडकछेउका जग्गामा २५ प्रतिशतसम्म ‘विकास कर’ प्रस्ताव, सडकसम्बन्धी नयाँ विधेयकमा कडा व्यवस्था

स्थानीय कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तयारी, लेखनाथमा किसान र सरोकारवालाबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu