काठमाडौं । गत वैशाख १ गतेदेखि साउन २४ गतेसम्म देशभर ४ हजार ४५२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २०५ जनाको मृत्यु भएको छ।
विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने १ हजार ३४७ जना घाइते भएका छन्। विपद्का कारण ५ हजार ४९२ परिवार प्रभावित भएका छन्।
यसैबीच, साउन २३ गते बिहान १० बजेदेखि साउन २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन्। ती घटनामा २० जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई, चट्याङको एक र वन्यजन्तु आक्रमणको एक घटना भएका छन्।
विपद्का घटनामा उद्धार तथा राहतका लागि १७३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा २० जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनाबाट अनुमानित ३८ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, चार स्थानमा सडक अवरुद्ध भएको र एउटा चौपायाको मृत्यु भएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्