ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ ९ देखि ‘नाडा अटो शो २०२६’ आयोजना हुँदै, २०० स्टल रहने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको ठूलो तथा प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुने मेलाको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार अटो शो अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीका लागि व्यावसायिक प्रवर्द्धनको प्रभावकारी माध्यम बन्नेछ। मेलालाई लिएर देशभरका अटो व्यवसायीमा उत्साह देखिएको छ। स्टलका लागि अत्यधिक माग भए पनि प्रदर्शनीस्थलमा पर्याप्त ठाउँको अभावका कारण सबै इच्छुक व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाले जनाएको छ।

यस वर्षको अटो शोमा साना तथा ठूला गरी २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ ब्रान्डका पेसेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्।

त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्। स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन महत्त्वपूर्ण योगदान गर्ने आयोजकको अपेक्षा छ।

नयाँ प्रविधि र उत्पादनको प्रदर्शन

नाडाका अनुसार मेलामार्फत नेपाली अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि तथा उत्पादन प्रदर्शन गरिनेछ। उपभोक्ताले एउटै स्थानमा विभिन्न ब्रान्डका सवारीसाधन तथा उत्पादनको अवलोकन र तुलना गर्ने अवसर पाउनेछन्।

आयोजकले अटो शोले व्यवसाय विस्तारसँगै नेपालको समग्र आर्थिक गतिविधि र आर्थिक विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सांसद काउचाको प्रधानमन्त्री बालेनलाई सन्देश– ‘नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न’

कांग्रेसद्वारा प्रधानमन्त्रीलाई सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन पुनः आग्रह

सम्बन्धित

मातृभाषामा पत्रकारिता लोकतन्त्र सुदृढीकरणको आधार : मन्त्री गौतम

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu