काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बीमामार्फत ४२ हजार १३१ जना कडा रोगका बिरामीले उपचार सुविधा पाएका छन्।
स्वास्थ्य बीमा बोर्डका अनुसार उपचार सुविधा लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेका छन्। गत आर्थिक वर्षमा १९ हजार ५४४ जना क्यान्सरपीडितले स्वास्थ्य बीमामार्फत उपचार सुविधा लिएका छन्।
त्यसैगरी १२ हजार ८२४ जना मिर्गौलापीडितले उपचार सुविधा पाएका छन्। बोर्डका अनुसार मुटुरोगका ६ हजार ८२९, सिकलसेल एनिमियाका १ हजार ४२७, स्पाइनल इन्जुरीका ९४२, हेड इन्जुरीका ४३७, पार्किन्सोनिजमका ८२ र अल्जाइमर्सका ४६ जना बिरामीले पनि स्वास्थ्य बीमामार्फत उपचार सुविधा पाएका छन्।
सरकारले यी आठ प्रकारका कडा रोगका बिरामीलाई स्वास्थ्य बीमामार्फत २ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।
तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा सरकारले कडा रोगका बिरामीलाई दिँदै आएको उपचार सुविधा १ लाख रुपैयाँबाट बढाएर २ लाख रुपैयाँ पुर्याएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्