ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : २५   बजे

काठमाडौँ, साउन २५ गते । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा सुरु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदिवसीय सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उद्घाटन गर्नुभएको हो।

सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिसहित नेपालका करिब ३०० पत्रकार सहभागी छन्। यस्तै, भारत, बङ्गलादेशलगायत विभिन्न मुलुकबाट ३५ पत्रकार प्रत्यक्ष सहभागी भएका छन् भने २७ मुलुकका पत्रकार श्रव्यदृश्य माध्यमबाट सम्मेलनमा जोडिएका छन्।

त्रिदिवसीय सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान तथा वनसँगको सम्बन्ध, सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था, निजी सञ्चारमाध्यममा मातृभाषाको प्रयोग तथा मातृभाषा पत्रकारिता, जलवायु परिवर्तन, वन व्यवस्थापन र राज्यका नीति तथा अभ्यासमा आदिवासी समुदायलगायत विषयमा विषयविज्ञ तथा पत्रकारबीच छलफल हुने आयोजकले जनाएको छ।

सम्मेलनले मातृभाषामा हुने पत्रकारितालाई थप सशक्त बनाउँदै सञ्चार क्षेत्रमा समावेशिता र विविधताको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी : सभापति गजुरेल

समस्याग्रस्त सहकारीबाट ४ हजार बचतकर्ताको रकम फिर्ता, अझै ७६ हजारको ४६ अर्ब दायित्व

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पुराना र निष्क्रिय सन्धि–सम्झौता पुनरावलोकन गर्ने सरकारको तयारी : परराष्ट्रमन्त्री खनाल

साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो, ३ अर्ब ६७ करोडको कारोबार

आईजीपी दानबहादुर कार्कीको शब्द रहेको ‘सिक्का नोटैमा’ले पायो एक करोडभन्दा बढी भ्युज

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी : सभापति गजुरेल

समस्याग्रस्त सहकारीबाट ४ हजार बचतकर्ताको रकम फिर्ता, अझै ७६ हजारको ४६ अर्ब दायित्व

हिन्दूराष्ट्रको माग गर्दै काठमाडौंमा पदयात्रा, लिङ्देनसहित विभिन्न नेता सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu