ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औँ महाधिवेशनको आन्तरिक तयारी अघि बढाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार महाधिवेशनका लागि आवश्यक आन्तरिक तयारी तथा सांगठनिक प्रक्रियालाई अघि बढाउने विषयमा बैठकले निर्णय गरेको हो।

केन्द्रीय कार्यसमितिको बैठकले मुलुकमा देखिएका जनजीविकासँग सम्बन्धित समसामयिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

कांग्रेसले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), किसानले भोगिरहेको रासायनिक मलको चरम अभाव तथा बढ्दो महँगीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

विशेषगरी ग्यासको आपूर्ति सहज हुन नसक्नुमा भण्डारण व्यवस्थापनको कमजोरी तथा सरकारको अदूरदर्शी नीतिले समस्या थप जटिल बनाएकोकांग्रेसको निष्कर्ष छ।

पार्टीले तत्काल ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेको प्रवक्ता चालिसेले बताए।

मंगलबार पनि बैठक बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि जारी रहनेछ। प्रवक्ता चालिसेका अनुसार मंगलबारको बैठकमा राजनीतिक तथा अन्य समसामयिक विषयमा छलफल हुनेछ।

महाधिवेशनको तयारीसँगै जनजीविकाका विषयलाई पनि बैठकले प्राथमिकतामा राखेपछि कांग्रेसले आगामी दिनमा सरकारका कामकारबाहीप्रति थप राजनीतिक दबाब सिर्जना गर्ने संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड

मधेसमा धार्मिक तथा साम्प्रदायिक तनाव रोक्न गृहमन्त्री गुरुङले सांसदसँग लिए सुझाव

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu