ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रोटोनको नयाँ ईभी ‘ई.मास ५’ नेपाली बजारमा, सुरुवाती मूल्य २९ लाख ९९ हजार


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, प्रविधि र प्रतिस्पर्धी मूल्यसहित ल्याइएको यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार प्राइम भेरियन्टमा ३०.१२ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। प्रिमियम भेरियन्टमा भने ४०.१६ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

दुवै भेरियन्टमा रियर–ह्विल ड्राइभ प्रणाली जडान गरिएको छ। गाडीमा १४.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ४जी तथा वाइ–फाइ कनेक्टिभिटी र डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छन्।

सुरक्षातर्फ ई.मास ५ मा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड असिस्ट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र रियर पार्किङ सेन्सरजस्ता सुविधा दिइएको छ।

प्रिमियम भेरियन्टमा भने थप रूपमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन र लेन डिपार्चर वार्निङजस्ता प्रविधि समावेश छन्।

पहिलो १०० ग्राहकलाई विशेष मूल्य

कम्पनीले प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। तर पहिलो १०० ग्राहकका लागि विशेष योजनाअन्तर्गत यो गाडी २९ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध गराइने जनाएको छ।

त्यस्तै, प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पहिलो १०० ग्राहकले भने यसलाई ३४ लाख ९९ हजार रुपैयाँ मा खरिद गर्न सक्नेछन्।

प्रतिस्पर्धी मूल्य, फराकिलो रेन्ज, स्मार्ट प्रविधि र सुरक्षा सुविधाका कारण ई.मास ५ ले नेपाली विद्युतीय एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिने

सम्बन्धित

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारद्वारा कार्यदल गठन

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

गाउँबेँसी थकाली भान्साघरमा जुवा खेलिरहेका १६ जना पक्राउ, १३ लाखभन्दा बढी बरामद

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu