ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ३५   बजे

काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वमा रहे पनि एक्लिएको भन्दै व्यंग्य गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले प्रधानमन्त्रीसँग बहुमतसहितको मन्त्रिपरिषद् र ठूलो सचिवालय हुँदाहुँदै पनि आफूलाई एक्लो देखाउने गरेको टिप्पणी गरे।

“नेपाली जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्रिपरिषद् र सिंगो सचिवालय हुँदा पनि उहाँ एक्लो हुनुभएको पाएँ,” उनले भने, “प्रधानमन्त्रीज्यू कोसँग एक्लै लडिरहनुभएको छ, त्यो उहाँलाई थाहा छ। प्रधानमन्त्रीको त्यो एक्लोपनलाई साथ दिन चाहन्छु।”

प्रधानमन्त्रीको एक्लोपनलाई आफूले निश्चित सर्तसहित साथ दिन तयार रहेको बताउँदै थेबेले त्यसका लागि सरकारले देश र जनताको हितमा स्पष्ट रूपमा काम गर्नुपर्ने बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको विषय बिर्सेर भए पनि प्रधानमन्त्रीलाई साथ दिन तयार रहेको कटाक्ष गरे। तर, सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले भने, “कसरी साथ दिऊँ प्रधानमन्त्रीज्यू?”

सांसद थेबेले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संसद्मा स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरे।

‘नो लाइन’ प्रतिबद्धतामाथि प्रश्न

थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगतमा गरेको ‘नो लाइन’ अर्थात् लाइन बस्न नपर्ने अवस्थाको प्रतिबद्धता पनि स्मरण गराए।

उनले सरकारको कार्यकालमा महँगी तीव्र गतिमा बढेको टिप्पणी गर्दै जनताले दैनिक जीवनमा महँगीको मार खेपिरहेको बताए। सरकारका प्रतिबद्धता र जनताले भोगिरहेको वास्तविकताबीच ठूलो अन्तर देखिएको उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Indian Parliament Session Disrupted as Opposition Protests Mount

Tamil Nadu Assembly Passes Resolution Opposing Central FCRA Amendment Bill

Tamil Nadu Assembly Passes Resolution Against National Eligibility Cum Entrance Test

Jharkhand Minister Accuses BJP of Exploiting Student Protests Amid Shutdown

Congress Leader Dismisses Amit Shah’s Debate Offer as ‘Face-Saving Exercise’

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu