ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ४ : २५   बजे

क्यानबेरा । जापानी प्रधानमन्त्री साने ताकाइचीबाट प्राप्त उपहारबारे गरेको टिप्पणीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज विवादमा परेका छन्।

अल्बानिजले गत महिना ‘बुस डिप’ नामक पोडकास्टमा दिएको अन्तर्वार्ताको भिडियो अंश हालै सार्वजनिक भएपछि विवाद चर्किएको हो। अन्तर्वार्तामा उनले जापानी प्रधानमन्त्री ताकाइचीले गत मे महिनामा अस्ट्रेलिया भ्रमणका क्रममा पठाएको प्रिमियम खरबुजाबारे कुरा गरेका थिए।

अस्ट्रेलियाका लागि जापानका पूर्वराजदूतका अनुसार यस्ता जापानी प्रिमियम खरबुजा विलासी उपहारका रूपमा लिइन्छन् र एउटाको मूल्य २७० अस्ट्रेलियन डलरभन्दा बढी हुन सक्छ। अन्तर्वार्तामा प्रस्तोता निक्की ओसबोर्नले ती खरबुजा अस्ट्रेलियाको भन्सारबाट कसरी ल्याइयो भनेर प्रश्न गरेकी थिइन्। जवाफमा अल्बानिजले आफूले दुईवटा खरबुजा प्राप्त गरेको बताएका थिए।

त्यसक्रममा प्रस्तोता ओसबोर्नले जापानी प्रधानमन्त्री ताकाइचीको शारीरिक बनावटलाई अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनसँग तुलना गर्दै टिप्पणी गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि विपक्षी दलहरूले प्रधानमन्त्री अल्बानिजको प्रतिक्रियालाई लिएर आलोचना गर्दै माफी माग्नुपर्ने बताएका छन्।

संसद्मा प्रधानमन्त्रीको जवाफ

मंगलबार अस्ट्रेलियाली संसद्मा प्रधानमन्त्री अल्बानिजलाई जापानी प्रधानमन्त्रीप्रति अपमानजनक व्यवहार गरेको भन्दै माफी माग्न प्रश्न गरिएको थियो। तर अल्बानिजले आरोप अस्वीकार गर्दै ताकाइची अस्ट्रेलिया र आफ्नो व्यक्तिगत मित्रसमेत भएको बताए।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि अल्बानिजको टिप्पणी जापानी प्रधानमन्त्रीलाई अपमान गर्ने उद्देश्यले नगरिएको स्पष्ट पारेकी छन्।

कूटनीतिक सम्बन्धमा असर पर्ने विपक्षीको दाबी

विपक्षी दलहरूले भने प्रधानमन्त्रीजस्तो उच्च पदमा रहेका व्यक्तिले विदेशी नेताबारे यस्तो टिप्पणी गर्नु उचित नभएको बताएका छन्। उनीहरूले यसले अस्ट्रेलिया–जापान सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने दाबी गरेका छन्।

अस्ट्रेलिया र जापानबीच सुरक्षा, व्यापार तथा क्षेत्रीय रणनीतिका विषयमा घनिष्ठ सहकार्य रहँदै आएको छ। प्रधानमन्त्री अल्बानिजले भने आफ्नो टिप्पणीले ताकाइचीसँगको व्यक्तिगत सम्बन्ध तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा कुनै असर नपार्ने बताएका छन्।

यसअघि पनि सोही पोडकास्ट अन्तर्वार्तामा चर्चित अस्ट्रेलियाली गायिका काइली मिनोगसँग सम्बन्धित अश्लील अर्थ लाग्ने टिप्पणी गरेको भन्दै अल्बानिजले माफी मागेका थिए। पछिल्लो विवादमा भने उनले माफी माग्न अस्वीकार गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu