ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : १५   बजे

कास्की । अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित वीरठाँटी माध्यमिक विद्यालयमा तेस्रो चरणको तेक्वान्दो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उम होङ गिल ह्युमन फाउन्डेसन नेपाल र नेपाल तेक्वान्दो संघको सहयोगमा सञ्चालित डब्लुटी केयर्स युएजजी तेक्वान्दो स्कुल प्रोजेक्ट २०२५/२६ अन्तर्गत प्रशिक्षण आयोजना गरिएको हो।

विद्यालयका प्रधानाध्यापक हिमलाल न्यौपानेका अनुसार सन् २०२२ अगस्ट १ देखि सुरु भएको प्रशिक्षणबाट हालसम्म सयौँ विद्यार्थीले विभिन्न तहका बेल्ट प्राप्त गरेका छन्। निरन्तर प्रशिक्षण लिएका १७ विद्यार्थीले ब्ल्याक बेल्टसमेत प्राप्त गरेका छन्।

कार्यक्रममा उम होङ गिल ह्युमन फाउन्डेसनका कन्ट्री डाइरेक्टर पार्क हि डोङले स्थानीयस्तरमै तेक्वान्दो जनशक्ति उत्पादन गर्न सहयोग गरेकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिए। उनले आगामी दिनमा पालिकास्तरमै उत्पादन भएका जनशक्तिबाट तेक्वान्दो प्रशिक्षण विस्तार गर्ने योजना रहेको बताए।

सो अवसरमा पार्क हि डोङले करिब ३०० विद्यार्थीलाई टी–सर्ट वितरण गरे। उनले आगामी एक वर्षभित्र उत्पादन हुने जनशक्तिबाट प्रशिक्षण लिएर ब्ल्याक बेल्ट प्राप्त गर्ने उत्कृष्ट एक विद्यार्थीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन छात्रवृत्ति दिने घोषणा पनि गरे।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले विद्यालयमा कम्प्युटर इन्जिनियरिङलगायत प्राविधिक विषय सञ्चालन भइरहेकाले स्थानीयस्तरमै प्राविधिक जनशक्ति उत्पादन भइरहेको बताए।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले स्थानीय तहमा ब्ल्याक बेल्ट तहको जनशक्ति उत्पादन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष गोमाया नेपालीले विद्यालयको आवश्यकताअनुसार गाउँपालिकाबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। उनले विद्यालय बस सञ्चालनका लागि आवश्यक रकम जुटाउन समिति गठन गरिएको र छिट्टै स्कुल बस ल्याउने तयारी भइरहेको जानकारी दिइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद जैसीले विद्यालयको समग्र विकासका लागि समुदाय तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको बताए। कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद रिसालले गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट प्रतिभाका विद्यार्थी सम्मानित

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

समावेशी शिक्षा प्रभावकारी बनाउन सरोकारवालासँग शिक्षामन्त्री पोखरेलको छलफल

सांसदसँग विद्यार्थीको सवाल–जवाफ : सीप, रोजगारीदेखि शिक्षा र बजेटसम्म प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu