ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवा नियन्त्रणका लागि चितवनमा थर्मल ड्रोन र क्यामेरा प्रयोग


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : १५   बजे

चितवन । डिभिजन वन कार्यालय चितवनले मानव बस्ती तथा आसपासका क्षेत्रमा देखिएका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’ प्रयोग गरेको छ।

डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त प्राविधिक टोलीले दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरका झाडी क्षेत्रमा थर्मल ड्रोनमार्फत चितुवाको खोजी गरिरहेको छ।

भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा रहेको झाडी क्षेत्रमा करिब दुई महिनादेखि चितुवा देखिएपछि नियन्त्रणको प्रयास थालिएको हो। दिउँसो चितुवा नदेखिने र राति मात्र देखिने भएकाले नियन्त्रणमा लिन कठिन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले बताए।

चितुवाको निगरानीका लागि पाँच स्थानमा सीसीक्यामेरा जडान गरिएको छ। यस्तै, तीन स्थानमा खोर र तीन स्थानमा खुट्टा ट्यापिङ राखिएको छ। वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने थर्मल ड्रोनबाट समेत दिनको समयमा चितुवाको खोजी भइरहेको पौडेलले बताए।

उनका अनुसार उक्त क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको अनुमान गरिएको छ। एउटा बच्चा चितुवालाई भरतपुर–१५ बाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ।

चितुवाको पाइला तथा गतिविधिका आधारमा खोरको स्थान परिवर्तन गरेर राख्ने गरिएको छ। चितुवालाई सहज हुने गरी खोर ट्यापिङको व्यवस्था गरिएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमअन्तर्गतको आवास क्षेत्रमा दुईपटक चितुवा देखिएको थियो।

सीसीक्यामेरामा एक साताअघि एउटा र आइतबार राति दुईवटा चितुवा देखिएको हमालले बताए। थर्मल ड्रोन प्रयोग गरेर खोजी गरिए पनि हालसम्म चितुवा फेला पर्न सकेको छैन।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fragile States Seek New Path to Development After Aid Cuts

Nepali Lawmakers Demand Action on Healthcare Worker Safety, Cooking Gas Shortages

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu