ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २५४ जनाको मृत्यु


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ३५   बजे

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। भूकम्प गएको एक दिनपछि पनि उद्धार टोलीहरू भत्किएका भवनका भग्नावशेषमा जीवित व्यक्तिको खोजी तथा शव निकाल्न सक्रिय छन्।

अलजजिराका अनुसार भूकम्पबाट कम्तीमा २५४ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका बासिन्दा रहेको बताइएको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय मामिला समन्वय शाखाका अनुसार भूकम्पका कारण करिब पाँच हजार घरमा क्षति पुगेको छ। दर्जनौँ भवन पूर्ण रूपमा भत्किएका छन्। भत्किएका अधिकांश भवन आवासीय क्षेत्रमा रहेको जनाइएको छ।

कालीमा मात्रै ९५ जनाको मृत्यु

स्थानीय सरकारका अनुसार कोलम्बियाको तेस्रो ठूलो सहर कालीमा मात्रै कम्तीमा ९५ जनाको मृत्यु भएको छ। भूकम्पका कारण सो सहरमा ४५ वटा संरचना पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ। भग्नावशेषमा अझै मानिस फसेको हुनसक्ने आशंकामा खोजी कार्यलाई प्राथमिकता दिइएको छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

पाँच वर्षमा ५६ हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारी विदेश भ्रमणमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

पाँच वर्षमा ५६ हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारी विदेश भ्रमणमा

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

आज देशभर मनसुनी प्रभाव, काठमाडौँमा साँझपख क्षणिक वर्षाको सम्भावना

भेडेटारको स्काइवाकमा दुई वर्षमा तीन लाखभन्दा बढी पर्यटक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu