ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौं । देशकै पुरानो तथा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि सोहीअनुसार स्वास्थ्य उपकरण र सेवा क्षमता विस्तार हुन नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ। विशेषगरी एमआरआई, सिटी स्क्यान र टोमोथेरापी सेवामा लामो समय पालो पर्खनुपर्ने अवस्था रहेको अस्पतालको अभिलेखले देखाएको छ।

अस्पतालमा एमआरआई परीक्षणका लागि एकदेखि दुई महिनासम्म र सिटी स्क्यानका लागि पाँचदेखि सात दिनसम्म कुर्नुपर्ने अवस्था छ। तत्काल परीक्षण आवश्यक पर्ने बिरामी भने निजी अस्पताल तथा डायग्नोस्टिक सेन्टरमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन्।

बढ्दै बिरामीको चाप

वीर अस्पतालको तथ्यांकअनुसार उच्च प्रविधियुक्त स्वास्थ्य सेवाको माग पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ५८३ जनाले सिटी स्क्यान सेवा लिएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १६ हजार ९९९ पुगेको छ।

त्यस्तै, एमआरआई सेवा लिने बिरामीको संख्या ६ हजार ४९ बाट बढेर ८ हजार २० पुगेको छ। इन्डोस्कोपी सेवा लिनेको संख्या ३ हजार ७०४ बाट बढेर ६ हजार ६१० पुगेको छ। कोलोनोस्कोपी सेवा लिने बिरामीको संख्या पनि १ हजार ३०५ बाट बढेर १ हजार ८७६ पुगेको छ।

बिरामीको संख्या बढ्दै गए पनि उपकरण तथा सेवा क्षमता सोहीअनुसार विस्तार हुन नसक्दा परीक्षणका लागि लामो पालो कुर्नुपर्ने अवस्था आएको हो।

एमआरआईका लागि महिनौँ कुर्नुपर्ने

न्यूरो तथा स्पाइनसम्बन्धी समस्या भएकी हरिकलालाई चिकित्सकले एमआरआई गर्न सुझाव दिएपछि अस्पतालको एमआरआई बिलिङ सेक्सन पुगिन्। तर तत्काल परीक्षणका लागि पालो नपाएपछि उनी निजी अस्पतालमा परीक्षण गराउन बाध्य भइन्।

अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले पनि एमआरआई सेवा पाउन सहज नभएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार बिरामीको चाप बढ्दै गएको र मेसिन सीमित भएकाले आवश्यकताअनुसार सेवा दिन कठिन भइरहेको छ।

सिटी स्क्यानको चाप पनि उस्तै

अस्पतालको अभिलेखअनुसार सिटी स्क्यानका लागि पनि पाँचदेखि सात दिनसम्म पालो कुर्नुपर्ने अवस्था छ। वीर अस्पतालमा रहेको १६ स्लाइसको सिटी स्क्यान मेसिन प्रयोगविहीन हुँदा सञ्चालनमा रहेका उपकरणमा थप चाप परेको छ।

उपकरण नियमित मर्मतसम्भार गरी समयमै सञ्चालनमा ल्याउन सके परीक्षणका लागि कुर्नुपर्ने अवधि घटाउन सकिने भए पनि उपकरण व्यवस्थापन प्रभावकारी हुन नसकेको देखिएको छ।

टोमोथेरापीमा पनि दुई–तीन महिनाको पालो

क्यान्सरका बिरामीका लागि प्रयोग हुने टोमोथेरापी सेवामा पनि बिरामीले दुईदेखि तीन महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ।

वीर अस्पतालले अंकोलोजी विभागका लागि २०७४ असार २९ गते करिब ४० करोड रुपैयाँमा टोमोथेरापी मेसिन खरिद सम्झौता गरेको थियो। हालसम्म कम्पनीलाई ३३ करोड ५ लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

मेसिन पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५० देखि ६० जनासम्मलाई सेवा दिन सक्ने भए पनि अहिले दैनिक करिब २० देखि २५ जनाले मात्रै सेवा पाइरहेका छन्।

मर्मतमा पनि विदेशी प्राविधिकको भर

टोमोथेरापी मेसिन पटक–पटक बिग्रिँदा लामो समय सेवा प्रभावित हुने गरेको छ। सन् २०२४ मा चार हप्ता बिग्रिएको मेसिन २०८२ कात्तिक १३ देखि २०८२ माघ २६ गतेसम्म पुनः सञ्चालनमा आउन सकेन।

अस्पतालका अनुसार मेसिन मर्मतका लागि आवश्यक दक्ष जनशक्ति नेपालमै उपलब्ध छैन। उत्पादक कम्पनीका प्राविधिक बोलाउनुपर्ने तथा पार्टपुर्जा विदेशबाट मगाउनुपर्ने भएकाले मर्मतमा समय लाग्ने गरेको छ।

उपकरण बिग्रिँदा उपचार रोकिएपछि क्यान्सरलगायत गम्भीर रोगका बिरामी निजी अस्पतालमा जानुपर्ने बाध्यतामा छन्। यसले सरकारी अस्पतालबाट सस्तो र सहज उपचार पाउने अपेक्षा गरेका बिरामीमाथि थप आर्थिक भारसमेत परेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

पाँच वर्षमा ५६ हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारी विदेश भ्रमणमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

पाँच वर्षमा ५६ हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारी विदेश भ्रमणमा

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

आज देशभर मनसुनी प्रभाव, काठमाडौँमा साँझपख क्षणिक वर्षाको सम्भावना

भेडेटारको स्काइवाकमा दुई वर्षमा तीन लाखभन्दा बढी पर्यटक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu