ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : १५   बजे

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा निराशाजनक प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै लेग स्पिनर लामिछानेलाई नयाँ ओडीआई कप्तान नियुक्त गरेको हो। सन्दीपले आगामी सेप्टेम्बर ३० देखि अक्टोबर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपबाट औपचारिक रूपमा कप्तानी सम्हाल्नेछन्।

सन्दीप यसअघि पनि नेपाली टोलीको कप्तान बनिसकेका छन्। सन् २०२१ मा पहिलोपटक कप्तानी सम्हालेका उनलाई २०२२ मा कानुनी अभियोगपछि क्यानले कप्तानी तथा टोलीबाट निलम्बन गरेको थियो। त्यसपछि रोहित पौडेलले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए। अदालतबाट निर्दोष ठहर भएपछि सन्दीप राष्ट्रिय टोलीमा फर्किएका थिए।

लिग–२ मा कठिन अवस्था

सन्दीपको पहिलो चुनौती नै नेपाललाई ओडीआई मान्यता जोगाउने हुनेछ। नेपाल विश्वकप लिग–२ मा २४ अंकसहित सातौँ स्थानमा छ। ३२ खेलबाट ११ जित र १९ हार बेहोरेको नेपालका बाँकी खेल निकै महत्वपूर्ण छन्।

घरेलु मैदानमा राम्रो प्रदर्शन गरेको नेपालले पछिल्लो समय विदेशी भूमिमा भने अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ। नामिबिया र नेदरल्यान्ड्सविरुद्धको पछिल्लो भ्रमणमा नेपालले चारै खेल गुमाएपछि टोलीमाथि दबाब थपिएको हो।

सन्दीपको कप्तानीमा नेपालले यसअघि १४ ओडीआई खेलेको छ। तीमध्ये चार खेलमा जित, नौमा हार र एक खेलमा नतिजा आएको थिएन।

ब्याटिङ सुधार मुख्य चुनौती

राष्ट्रिय महिला टोलीका पूर्वप्रशिक्षक मनोज कटुवालले विदेशी पिचमा नेपालको ब्याटिङ सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार घरेलु मैदानमा राम्रो प्रदर्शन गरे पनि विदेशी भूमिमा ब्याटिङ कमजोर हुँदा टोली समस्यामा पर्ने गरेको छ।

राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले पनि अहिलेको मुख्य चुनौती ओडीआई मान्यता जोगाउनु रहेको बताए। उनका अनुसार कप्तान परिवर्तन सामान्य प्रक्रिया भए पनि टोलीका सबै खेलाडीले सामूहिक रूपमा प्रदर्शन सुधार्न आवश्यक छ।

फिटनेस र टोलीको मनोबल

सन्दीपका लागि व्यक्तिगत प्रदर्शन र फिटनेस पनि चुनौतीका रूपमा देखिएको छ। पछिल्लो लिग–२ मा तीन खेल खेल्दा उनी विकेटविहीन बनेका थिए भने एक खेलमा प्रारम्भिक ११ बाट समेत बाहिरिनुपरेको थियो।

त्यससँगै सिनियर र जुनियर खेलाडीबीच तालमेल कायम गर्नु, कप्तानीबाट मुक्त भएका रोहित पौडेलको मनोबल बढाउनु र समग्र टोलीमा घटेको आत्मविश्वास फर्काउनु उनको अर्को चुनौती हुनेछ।

कठिन परिस्थितिमा सन्दीपले टोलीको नेतृत्व सम्हाल्नुपर्ने भए पनि उनको अन्तर्राष्ट्रिय अनुभव र खेल क्षमता नेपाली टोलीलाई लयमा फर्काउन उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ। आगामी प्रतियोगिताहरूमा नेपालको प्रदर्शनसँगै सन्दीपको कप्तानी पनि कस्तो रहन्छ भन्ने चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

सम्बन्धित

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu