सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
बुधबार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुलको बसले सडकछेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोलकी गुद्रीदेवी मेहतालाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक बर्जु गाउँपालिका–६ का २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्