ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : ४५   बजे

पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा विविध कार्यक्रम गरी २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विभिन्न सन्दर्भ, साझा आकांक्षा’ रहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यस नाराले विश्वभरका युवाका फरक–फरक परिस्थिति भए पनि शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता तथा उज्ज्वल भविष्य निर्माणजस्ता साझा आकांक्षालाई जोड दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवालाई नयाँ अवसर प्रदान गर्दै उद्यमशीलता र नेतृत्व क्षमताको विकासमार्फत सशक्त बनाउन महानगरपालिका प्रतिबद्ध रहेको बताए। उनले युवाको क्षमता, सिर्जनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर परिषद्ले गतिविधि अघि बढाइरहेको उनको भनाइ छ।

दिवसका अवसरमा युवा सहभागिता, क्षमता विकास तथा सिर्जनशीलतामा केन्द्रित विभिन्न कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ।

युवा दिवसको महत्व

संयुक्त राष्ट्रसंघले हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ। युवाका समस्या, चुनौती र योगदानलाई उजागर गर्नुका साथै उनीहरूको विकासका लागि आवश्यक नीति निर्माणमा विश्वको ध्यान केन्द्रित गराउनु दिवसको मुख्य उद्देश्य हो।

युवाको क्षमता र ऊर्जालाई देशको सामाजिक तथा आर्थिक विकासमा परिचालन गर्ने वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी नाका बन्द हुँदा व्यापारदेखि राजस्वसम्म असर, अब निरीक्षण होइन परिणाम चाहिन्छ

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले

सम्बन्धित

‘रन बागलुङ–३’ सम्पन्न, बादल कार्की प्रथम

गण्डकीमा विकासका १६ समस्या संघ सरकारसमक्ष पठाउने निर्णय

रास्वपा गण्डकीले युवा दिवसमा प्रदेशभर विभिन्न कार्यक्रम गर्ने

म्याग्दीको फेकण्डो भिर चर्किएपछि नौ परिवार विस्थापित, १८ परिवार जोखिममा

गलेश्वरधाममा भक्तजनको भीड

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu