ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको फेकण्डो भिर चर्किएपछि नौ परिवार विस्थापित, १८ परिवार जोखिममा


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ३५   बजे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन्। पहिरोका कारण थप १८ घरपरिवारसमेत जोखिममा परेका छन्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

उनका अनुसार जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले स्थलगत निरीक्षण गर्दा चर्किएको भिर जुनसुकै बेला खसेर ठूलो पहिरो जान सक्ने जोखिम देखिएको थियो।

‘चर्किएको फेकण्डोको भिर जुनसुकै समयमा खसेर पहिरो जान सक्ने आकलन गरिएको छ,’ अध्यक्ष पुनले भने, ‘त्यसैले गाईवस्तुसहित घरका सामग्रीसमेत सारिएको हो। क्षति हुन नदिन सावधानी अपनाइएको छ।’

वडाध्यक्ष मइलन पुर्जा पुनका अनुसार रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनका परिवार घरका सामग्रीसहित सुरक्षित स्थानमा सरेका छन्।

भूगर्भविद्बाट अध्ययन गराउन सिफारिस

केही दिनअघि फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनसहितको टोलीले भिरको निरीक्षण गरेको थियो।

स्थानीयबाट जानकारी पाएपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यसहितको टोलीले जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणपछि पहिरोको वास्तविक अवस्था र सम्भावित जोखिम पहिचान गर्न भूगर्भविद्को टोलीमार्फत विस्तृत अध्ययन गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरिएको छ।

टोलीले ‘ड्रोन’ क्यामेरामार्फत समेत पहिरो तथा चर्किएको पहाडको अवस्थाको अध्ययन गरेको छ।

फेकण्डो भिरको शिरमा चिरा परेको छ भने त्यसको बीच भागमा रहेको जंगलमुनि दोसल्ले बस्ती अवस्थित छ। भिर थप चर्किएर खसेमा बस्तीमा ठूलो क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ।

‘पहाड चिराचिरा परेर खस्न थालेपछि त्रास छ’

स्थानीय ६९ वर्षीय जितबहादुर पुर्जाका अनुसार आफूले बाल्यकालदेखि नै उक्त पहाडमा आवतजावत गर्दै आए पनि यसअघि यसरी चिरा परेको देखेका थिएनन्।

‘हामी घाँसदाउरा र लेकबेँसी गर्दा फेकण्डोको भिरबाटै ओहोरदोहोर गर्दथ्यौँ,’ उनले भने, ‘अहिले पहाड चिराचिरा परेर खस्न थालेपछि त्रास सिर्जना भएको छ।’

स्थानीय रामचन्द्र पुर्जाले भिरबाट खसेका ढुंगा सिधै घर तथा आँगनमा आउन थालेपछि घरका सामान सारेर माथिल्लो दोसल्लेको गोठमा बस्न थालेको बताए।

उनका अनुसार पानी नपरेका दिन दिउँसो भने सुन्तला बगैँचामा गोडमेल गर्न जाने गरिएको छ। यसअघि उक्त क्षेत्रमा पहिरो खस्ने गरेको थिएन। अहिले भने नयाँ पहिरो सिर्जना भएपछि स्थानीय त्रसित बनेका छन्।

सुन्तला बगैँचा र सडकसमेत जोखिममा

पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलमा रहेका सुन्तला बगैँचा पनि जोखिममा परेका छन्।

पहिरो ठूलो रूपमा खसेमा बस्तीका साथै तिप्ल्याङ बजार हुँदै जाने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा समेत क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ।

त्यस्तै, दोसल्ले हुँदै हिस्तान–राम्चे जोड्ने सडकसमेत पहिरोको जोखिममा रहेको वडाध्यक्ष मइलन पुर्जा पुनले बताए।

फेकण्डो भिरको जोखिमबारे प्राविधिक अध्ययन गरी तत्काल आवश्यक सावधानी अपनाउनुपर्ने स्थानीयको माग छ। हाल उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिए पनि थप १८ परिवार जोखिममा रहेकाले सम्भावित विपद्बाट जोगाउन पूर्वतयारी र निरन्तर निगरानी आवश्यक देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu