ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : ३५   बजे

नारायणगढ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१, शाहीचोकमा बसको ठक्करबाट एक पुरुष पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार राति करिब २ः३० बजे महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २७२८ नम्बरको बसले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन। मृतक करिब ३० देखि ३५ वर्ष उमेरका पुरुष रहेको प्रारम्भिक विवरण छ। उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बस र चालक प्रहरी नियन्त्रणमा

दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङ हुन्।

प्रहरीले चालकसँग सोधपुछ गर्नुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

रातिको समयमा पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनाका कारण पैदलयात्रीको मृत्यु भएपछि प्रहरीले घटनाको प्रकृति, बसको गति तथा सडकको अवस्थालगायत विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतकको पहिचान खुलेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu