ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा गण्डकीले युवा दिवसमा प्रदेशभर विभिन्न कार्यक्रम गर्ने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ४५   बजे

काठमाडौं, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेशका विभिन्न जिल्लामा युवाकेन्द्रित कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार प्रदेश समितिको आयोजनामा पोखरामा ‘युवा संवाद’ कार्यक्रम सञ्चालन गरिनेछ। रास्वपा प्रमुख सचेतक तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा युवाका सवाल, अवसर, चुनौती तथा समसामयिक विषयमा छलफल गरिनेछ।

कास्की जिल्ला समितिले पोखरा कारागारमा बृहत् सरसफाइ, नीति मन्थन तथा जेनजी आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ।

युवालाई सामाजिक उत्तरदायित्व तथा सार्वजनिक सरोकारका विषयसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ।

कुन जिल्लामा के कार्यक्रम ?

रास्वपाका अनुसार स्याङ्जामा युवा प्रोत्साहन कार्यक्रम, रक्तदान तथा वृक्षरोपण गरिनेछ। पर्वतमा रक्तदान, वृक्षरोपणसँगै लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

तनहुँमा नीति मन्थन कार्यक्रम आयोजना गर्ने तयारी छ भने नवलपुरमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, लमजुङमा सरसफाइ तथा वृक्षरोपण र म्याग्दीमा युवा प्रोत्साहन कार्यक्रम तथा सरसफाइ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

बागलुङ र गोरखामा कार्यक्रमबारे निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ। मनाङ र मुस्ताङमा पनि कार्यक्रम आयोजना गर्ने तयारी भए पनि मिति र कार्यक्रमको स्वरूप भने टुंगो लाग्न बाँकी छ।

सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्य

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने कार्यक्रममार्फत युवालाई सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना, लागुऔषधविरुद्धको अभियान तथा नीतिगत बहसमा सहभागी गराउने उद्देश्य राखेको जनाएको छ।

पार्टीका अनुसार युवा सहभागितालाई राजनीतिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र सार्वजनिक सेवासँग जोड्ने उद्देश्यले जिल्लास्तरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu