ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : २५   बजे

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बहिष्कार गरेका छन्।

समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरी र त्यसको छानबिन प्रक्रियामाथि छलफल भइरहेका बेला उठाइएका प्रश्नको अपमान भएको भन्दै सुनारले बैठक बहिष्कार गरेका हुन्।

बैठकमा उनले समितिमा परेका उजुरीको वैधानिकतामाथि प्रश्न उठाएर आरोपितको पक्षपोषण गरिएको भन्दै आपत्ति जनाए। भ्रष्टाचारजस्तो गम्भीर विषयमा छलफल भइरहेका बेला सांसदहरू नै आरोपितको प्रवक्ताका रूपमा प्रस्तुत भएको उनको आरोप थियो।

‘भ्रष्टाचारविरुद्ध बोल्दा अपमानित हुनुपर्छ भने म बस्दिनँ’

सुनारले पीडितले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै बेनामी उजुरी दिएको उल्लेख गर्दै त्यस्ता उजुरीमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए।

उनले भने, “पीडितले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै बेनामी उजुरी दिएका छन्। तर यहाँ आरोपितहरूको संरक्षण गर्ने र प्रश्न उठाउने सांसदमाथि नै खनिने काम भइरहेको छ।”

कुनै व्यक्तिमाथि भ्रष्टाचारको आरोप लागेपछि छानबिन पूरा नभएसम्म सम्बन्धित व्यक्ति पदमा बहाल रहन नहुने उनको तर्क थियो।

“यदि यहाँ भ्रष्टाचारको विरुद्ध बोल्दा अपमानित हुनुपर्छ र कुरा गुमराहमा राख्न खोजिन्छ भने म यो समितिमा बस्दिनँ,” उनले भने।

सुनारले आफू पिछडिएको वर्ग, दलित तथा तल्लो तहका सुरक्षाकर्मीको पक्षमा उभिएको बताए। समितिको गरिमा घट्ने गरी छलफल अघि बढेको भन्दै उनी बैठक कक्षबाट बाहिरिएका थिए।

सांसद सुनार बैठकबाट बाहिरिएपछि नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय समितिमा सबै सदस्यको हैसियत बराबर हुने बताए।

उनले समितिमा कुनै विषय उठाउँदा प्रक्रियाअनुसार छलफल हुनुपर्ने र कसैलाई आरोपित गरेर बैठकबाट बाहिरिन नहुने धारणा राखे।

सभापतिको रुलिङ : प्रमाणित नभएसम्म दोषी करार गर्न मिल्दैन

समिति सभापति भरतबहादुर खड्काले संसदीय मर्यादा कायम राख्न सबै सदस्यलाई आग्रह गरे।

उनले समितिमा बोलाइएका नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षकलगायत पदाधिकारीलाई मर्यादित व्यवहार गर्नुपर्ने बताए।

“कानुनी रूपमा प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न मिल्दैन। यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मर्मविपरीत हुन्छ,” सभापति खड्काले भने।

उनले राज्य संयन्त्रलाई निरुत्साहित नभई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै समितिले कुनै पनि विषयमा आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रक्रियागत र कानुनी रूपमा अनुसन्धान गर्ने बताए।

“व्यक्तिगत अपमान गर्नु सभ्य समाजको परिचय होइन,” उनले भने।

सभापति खड्काले सार्वजनिक लेखा समितिलाई ‘मिनी पार्लियामेन्ट’ को संज्ञा दिँदै सबै सदस्यले आफ्नो मर्यादा कायम राख्न र छलफलमा शिष्ट व्यवहार प्रदर्शन गर्न आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादमा नीति प्रतिष्ठानको जवाफदेहिता आवश्यक: सांसद झा

लुम्बिनी प्रदेशमा भदौ १ गते मुख्यमन्त्रीले लिनेछन् विश्वासको मत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine Faces Critical Missile Shortage, Seeks Alternatives to US Patriot System

सीमा विवादमा नीति प्रतिष्ठानको जवाफदेहिता आवश्यक: सांसद झा

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

Bulgarian Drone Crash Raises Questions About Air Defenses and Foreign Policy

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आयोगबाट समिति गठन

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu