ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौं । नाडाका पूर्वअध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारीसाधनको आयात तीव्र गतिमा बढे पनि सडक तथा यातायात पूर्वाधार विकास भने सुस्त रहेको बताएका छन्।

बुधबार आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारीसाधनको संख्या बढ्नु मात्रै समस्या नभएको भन्दै त्यसअनुसार सडक, पार्किङ र ट्राफिक व्यवस्थापनको पूर्वाधार विकास हुन नसक्नु मुख्य चुनौती भएको बताए।

‘हामी सवारीसाधन भित्र्याउन खरायोको गतिमा हिँडे पनि सरकार पूर्वाधार व्यवस्थापनमा कछुवाको गतिमा हिँडिरहेको छ,’ उनले भने।

सडकसँगै ट्राफिक व्यवस्थापन आवश्यक

थापाले आफूहरूले विगतमा भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याउने अवस्थादेखि अहिले प्रविधिमैत्री सवारीसाधन भित्र्याउने अवस्थासम्मको यात्रा गरेको बताए।

सवारीसाधन बिक्री गर्नु मात्रै व्यवसायीको उद्देश्य नभएको भन्दै उनले सवारी क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए। सुरक्षित यातायातका लागि गुणस्तरीय सडक पूर्वाधारसँगै प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो।

नियम उल्लंघनमा कडाइ गर्नुपर्ने

ट्राफिक व्यवस्थापन सुधारका लागि प्रभावकारी जरिवाना प्रणाली र नियमको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने थापाले बताए।

विदेशमा जरिवाना तथा नियम कार्यान्वयनले चालकमा अनुशासन कायम गर्न सहयोग पुगेको उदाहरण दिँदै उनले नेपालमा पनि ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रभावकारी कारबाही आवश्यक रहेको बताए।

यातायातसम्बन्धी नीति तथा कानुन निर्माण गर्दा व्यवसायी, विज्ञ र अन्य सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने उनको सुझाव छ। सम्बन्धित पक्षको सुझाव नलिई नीति बनाउँदा कार्यान्वयनमा व्यवहारिक समस्या आउन सक्ने उनले बताए।

पार्किङ र ईभी पूर्वाधारमा जोड

थापाले काठमाडौंको पार्किङ समस्या पनि गम्भीर बन्दै गएको बताए। भृकुटीमण्डपलगायतका क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर व्यवस्थित पार्किङ पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

विद्युतीय सवारीसाधन (ईभी) को आयात बढिरहेको अवस्थामा त्यसअनुसार आवश्यक चार्जिङ पूर्वाधार, नीति, नियम र स्पष्ट मापदण्ड निर्माण गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

‘ईभी आयात भइरहेका छन् । तर, त्यसअनुसार आवश्यक पूर्वाधार, नीति–नियम र स्पष्ट मापदण्ड निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ,’ थापाले भने।

उनले नेपाललाई कुनै क्षेत्रको ‘डम्पिङ साइट’ बन्न नदिन पनि सरकार र सरोकारवाला सचेत हुनुपर्ने बताए।

आयात र पूर्वाधारबीच सन्तुलन आवश्यक

सवारीसाधनको आयात र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्न नसके आगामी दिनमा ट्राफिक व्यवस्थापन, पार्किङ र सडक सुरक्षाको समस्या थप जटिल बन्न सक्ने थापाको चेतावनी छ।

उनका अनुसार सवारीसाधनको संख्या बढ्दै जानु स्वाभाविक भए पनि त्यसलाई धान्ने पूर्वाधार विकासमा समान गतिमा काम गर्न नसकिए मोबिलिटी क्षेत्रको विस्तारले उल्टै सहरी व्यवस्थापनमा ठूलो चुनौती थप्न सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत

सम्बन्धित

छानबिन प्रतिवेदन सार्वजनिक गरेर सरकारले कानुनको उपहास गर्‍यो : एनसेल

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu