चितवन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
एमाले सांसद किरण थापाको नेतृत्वमा १६ जना सांसदले हस्ताक्षर गरेर थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा एमालेका २५ जना सांसद छन् ।
एमाले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता भएपछि सांसदहरू छलफलमा जुटेका छन् ।
यसअघि गत १८ गते मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको खप्कीपछि थपलिया बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
थपलियाले आफू चितवन फर्किंदै गरेको र बाटोमै रहेकाले अविश्वासको प्रस्तावबारे जानकारी नभएको बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएकै दिन प्रस्ताव
अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्टै थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रस्तावमा १६ सांसदले हस्ताक्षर गरेपछि एमाले बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप चर्किएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्