ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनतर्फ पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित, दोलालघाटसम्म सतर्कता अपनाउन आग्रह


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : १५   बजे

काठमाडौं । चीनको न्यालम क्षेत्रमा पहिरो खस्दा नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ पर्ने न्यालम क्षेत्रमा बिहीबार भीरबाट ढुंगामाटोसहितको पहिरो खसेको हो ।

स्थानीय प्रहरीबाट प्राप्त जानकारीअनुसार पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव करिब आधाजति रोकिएको अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहिरोका कारण नदीको बहाव अवरुद्ध भएकाले पानी जम्मा भएर पछि एक्कासि बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले भोटेकोसी तथा सुनकोसी नदीको दोलालघाटसम्मको नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पहिरोका कारण नदीको बहाव अवरुद्ध हुँदा अवरुद्ध क्षेत्रमा पानीको सतह बढ्न सक्ने र पहिरोले बनाएको अवरोध फुटेमा तल्लो तटीय क्षेत्रमा एक्कासि ठूलो बहाव आउन सक्ने जोखिम रहेको छ ।

त्यसैले दोलालघाटसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था निगरानी गर्न तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरो हटाएपछि रुकुम–बागलुङ सडकखण्ड सञ्चालनमा

प्रेस काउन्सिलद्वारा किशोर श्रेष्ठ पक्राउ र सञ्चार सामग्री जफतप्रति आपत्ति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिरो हटाएपछि रुकुम–बागलुङ सडकखण्ड सञ्चालनमा

प्रेस काउन्सिलद्वारा किशोर श्रेष्ठ पक्राउ र सञ्चार सामग्री जफतप्रति आपत्ति

अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न अर्थ समितिको निर्देशन

सरकारको कार्यशैली र कार्यक्षमतामाथि सांसद रेणु चन्दको प्रश्न

Lebanon Accuses Israel of Violating International Law With Southern Strikes

Colombia Earthquake Death Toll Climbs to 265 as Rescue Efforts Enter Final Phase

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu