ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविश्वासको प्रस्तावपछि थपलियाको प्रतिक्रिया : ‘स्वास्थ्य लाभपछि अझ सक्रिय भएर जिम्मेवारीमा फर्किन्छु’


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : ३५   बजे

काठमाडौं । बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढिरहेका बेला उनले स्वास्थ्य लाभपछि पार्टीको जिम्मेवारीमा अझ सक्रिय भएर फर्किने बताएका छन्।

स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै बिहीबार विज्ञप्ति जारी गरेका थपलियाले एमाले बागमती प्रदेशलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘स्वास्थ्य लाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहनेछु।’

थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यममा आएका गलत सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्नसमेत आग्रह गरेका छन्। केही समय राजनीतिक गतिविधिबाट टाढा रहे पनि पार्टीभित्रको नेतृत्व विवादबाट आफू पछि नहट्ने र स्वास्थ्य लाभपछि पुनः सक्रिय हुने उनको भनाइ छ।

आठ दिनदेखि उपचाररत

साउन १८ गते प्रदेशको समसामयिक राजनीतिक विषयमा छलफलमा सहभागी भएका बेला रक्तचाप र मधुमेहमा असन्तुलन देखिएपछि थपलियाको स्वास्थ्यमा समस्या आएको थियो।

चिकित्सकको सल्लाहअनुसार उनी वीर अस्पतालमा भर्ना भएर करिब आठ दिनदेखि उपचाररत छन्। अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले बताएका छन्।

१६ सांसदको अविश्वास प्रस्ताव

यसैबीच, बुधबार १६ जना सांसदको हस्ताक्षरसहित थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। अर्कोतर्फ, ९ जना सांसद थपलियाको पक्षमा रहेको बताइएको छ।

सांसदहरूको समर्थन विभाजित भएपछि एमाले बागमती प्रदेशसभा संसदीय दलको नेतृत्व परिवर्तनको सम्भावना बढेको छ। यस्तो अवस्थामा थपलियाले स्वास्थ्य लाभपछि पुनः सक्रिय भएर पार्टीभित्रको चुनौती सामना गर्ने संकेत दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu