ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेश फर्किए देउवा, कांग्रेसभित्र शक्ति संघर्ष थप चर्किने संकेत


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार साउन २८ गते स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि देउवा सिधै चुनदेवीस्थित निवास पुगेका छन्।

असहज राजनीतिक परिस्थितिका कारण लामो समय विदेशमा रहेका देउवा सरकारका तर्फबाट स्वदेश फर्कँदा कुनै अवरोध नहुने समझदारी बनेपछि नेपाल आएको बताइएको छ। बिहीबार उनको अन्य औपचारिक कार्यक्रम भने नरहेको निकट स्रोतले जनाएको छ।

विमानस्थलमा देउवानिकट समूहको शक्ति प्रदर्शन

देउवालाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता पुगेका थिए। उनीनिकट नेता–कार्यकर्ताले नाराबाजी गर्दै देउवालाई निवाससम्म पुर्‍याएका थिए।

यता, कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा भने पार्टीको आगामी महाधिवेशन केन्द्रित बैठक चलिरहेको छ। विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बनेपछि असन्तुष्ट बनेको देउवा पक्षले आफ्नो राजनीतिक गतिविधि तीव्र पार्ने तयारी गरेको छ।

देउवानिकट समूहले शुक्रबारदेखि आइतबारसम्म राष्ट्रिय भेला आयोजना गरेको छ। भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्। कोइरालाले विमानस्थलमा सञ्चारकर्मीसँग देउवा नै आफ्नो समूहको सभापति रहेको दाबी गर्दै पार्टी एकताका लागि देउवाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनका अनुसार देउवाले भेलालाई सम्बोधन गर्नेछन्।

खड्का : ‘देउवा अभिभावक हुनुहुन्छ’

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि देउवालाई कांग्रेसको अभिभावकका रूपमा चित्रण गरेका छन्।

उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरेर स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टीको सम्पूर्ण एकतामा देउवाको निर्णायक भूमिका रहने विश्वास व्यक्त गरेका छन्।

लामो उपचारपछि नेपाल फर्किए

जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २५ गते भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए। त्यसपछि उनको लामो समय विदेशमै उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो।

पछिल्लो समय कांग्रेसभित्र नेतृत्व र अधिकारितालाई लिएर विवाद चर्किएका बेला देउवाको स्वदेश आगमन भएको हो। सर्वोच्च अदालतले कांग्रेस नेतृत्वसम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि देउवानिकट समूह थप उत्साहित बनेको देखिन्छ।

यसअघि देउवा दम्पती विदेशमा रहेका बेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयसमेत सार्वजनिक भएको थियो। त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

अब कांग्रेसमा के हुन्छ?

देउवाको स्वदेश आगमनसँगै कांग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो बन्ने संकेत देखिएको छ। एकातिर पार्टीको संस्थागत नेतृत्व आगामी महाधिवेशनको तयारीमा केन्द्रित छ भने अर्कोतर्फ देउवानिकट समूहले राष्ट्रिय भेला आयोजना गरेर आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्न लागेको छ।

त्यसैले देउवाको सक्रियता, सर्वोच्च अदालतमा विचाराधीन नेतृत्व विवाद र आगामी महाधिवेशन कांग्रेसभित्रको शक्ति समीकरण निर्धारण गर्ने प्रमुख विषय बन्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu