ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला खेलाडी असुरक्षित : खेलमैदानमा पदकको सपना, भोगाइमा दुर्व्यवहार र मानसिक उत्पीडन


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : २५   बजे

काठमाडौं । देशमा निराशा बढिरहेका बेला खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर आशा जगाउने गरेका छन्। तर राष्ट्रको गौरवका लागि मैदानमा पस्ने महिला खेलाडीहरू स्वयं भने सुरक्षित र सम्मानजनक वातावरणको अभावमा संघर्ष गरिरहेको एक अध्ययनले देखाएको छ।

नेसनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ) नेपालले गरेको अध्ययनले नेपाली महिला खेलाडीले भोगिरहेको दुर्व्यवहार, मानसिक उत्पीडन, असुरक्षा र उजुरी गर्न नसक्ने अवस्थालाई गम्भीर समस्याका रूपमा औंल्याएको छ।

१५ वटा खेलमा आबद्ध २७६ महिला खेलाडीमाथि गरिएको अध्ययनमा झण्डै एक तिहाइ खेलाडीले प्रतियोगिताका लागि छनोट हुने क्रममा कुनै न कुनै प्रकारको दुर्व्यवहार भोगेको बताएका छन्।

अध्ययनअनुसार ३०.८ प्रतिशत महिला खेलाडी दुर्व्यवहारको सिकार भएका छन्। त्यसमध्ये २६.१ प्रतिशत पीडितले डर, सामाजिक लाञ्छना वा त्यसबाट उत्पन्न हुन सक्ने परिणामको त्रासका कारण घटना बाहिर ल्याएनन्।

यसले खेलकुद क्षेत्रमा दुर्व्यवहार हुनु जति गम्भीर समस्या हो, त्यसलाई उजुरी गर्न सक्ने सुरक्षित र विश्वासिलो संयन्त्रको अभाव त्यसभन्दा कम गम्भीर नरहेको देखाउँछ।

दुर्व्यवहारको प्रभाव मैदानमा मात्र सीमित हुँदैन। अध्ययनअनुसार दुर्व्यवहारमा परेका ६५.२ प्रतिशत खेलाडीले गम्भीर मानसिक तनाव भोगेका छन् भने ४६ प्रतिशतभन्दा बढीमा नैराश्यको समस्या देखिएको छ। केही खेलाडीले त यस्ता अनुभवपछि खेल नै छाड्ने सोच बनाएको बताएका छन्।

महिला खेलाडीका लागि यो समस्या अझ गम्भीर बन्नुको कारण उनीहरूको करियर र अवसरमा प्रशिक्षक, व्यवस्थापक तथा खेल पदाधिकारीको प्रत्यक्ष प्रभाव हुनु हो।

खेलाडी छनोट, प्रतियोगितामा सहभागिता, प्रशिक्षणको अवसर, छात्रवृत्ति र राष्ट्रिय टोलीमा स्थानजस्ता विषय धेरै हदसम्म प्रशिक्षक तथा खेल प्रशासनसँग जोडिएका हुन्छन्। यस्तो शक्ति संरचनामा पीडित खेलाडीले आफ्नै प्रशिक्षक वा अधिकारीविरुद्ध आवाज उठाउँदा अवसर गुम्न सक्ने डर राख्नु स्वाभाविक देखिन्छ।

अध्ययनमा महिला खेलाडीहरूले भोगेको दुर्व्यवहार शारीरिक वा यौन प्रकृतिमा मात्र सीमित नभएको देखिएको छ। अनुपयुक्त शारीरिक स्पर्श, यौनजन्य टिप्पणी, यौन शोषणको प्रयास, करियर समाप्त गरिदिने धम्की वा अवसरको प्रलोभनजस्ता घटना पनि समेटिएका छन्।

त्यसैगरी प्रशिक्षणका क्रममा अत्यधिक मानसिक दबाब दिने, सार्वजनिक रूपमा अपमान गर्ने, शरीरको बनावटबारे नकारात्मक टिप्पणी गर्ने तथा खेलाडीको आत्मसम्मानमा चोट पुर्‍याउने व्यवहारसमेत दुर्व्यवहारकै रूपमा देखिएको छ।

पछिल्लो समय डिजिटल माध्यमले पनि समस्या थप जटिल बनाएको छ। सामाजिक सञ्जालमार्फत महिला खेलाडीलाई यौनजन्य सन्देश पठाउने, अश्लील टिप्पणी गर्ने, ट्रोल गर्ने तथा व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने प्रवृत्ति बढेको खेलाडीहरूको अनुभव छ।

यस्ता घटनाको जरो खेलकुद संस्थाभित्रको शक्ति असन्तुलन र अपारदर्शी कार्यशैलीसँग जोडिएको अध्ययनको निष्कर्ष छ।

प्रशिक्षक वा खेल पदाधिकारीसँग खेलाडीको भविष्य निर्धारण गर्ने अधिकार बढी हुँदा उनीहरूविरुद्ध बोल्न खेलाडीहरू हिच्किचाउने गर्छन्। अझ कतिपय अवस्थामा खेलाडीको सुरक्षाको जिम्मेवारी लिने व्यक्ति वा संस्थाबाटै दुर्व्यवहार हुने अवस्था देखिनु थप चिन्ताजनक पक्ष हो।

महिला खेलाडीले प्रशिक्षक वा खेल अधिकारीविरुद्ध उजुरी गर्दा टोलीबाट निकालिने, प्रतियोगिताको अवसर गुम्ने, छात्रवृत्ति रोकिने वा उल्टै घटना आफूले निम्त्याएको आरोप लाग्ने डर राख्ने गरेका छन्।

पुरुषप्रधान सामाजिक संरचनाका कारण महिला खेलाडीले यस्तो जोखिम अझ बढी महसुस गर्ने गरेका छन्। परिणामतः खेल क्षेत्रमा ‘अनुशासन’ वा ‘करियर’का नाममा असहज व्यवहार सहने र चुप लाग्ने संस्कृतिले प्रश्रय पाएको देखिन्छ।

यस्तो समस्या नेपालमा मात्र सीमित छैन। अमेरिका, बेलायत, फ्रान्स र स्पेनलगायत विकसित खेल प्रणाली भएका देशमा पनि महिला खेलाडीमाथि दुर्व्यवहारका घटना सार्वजनिक भएका छन्। तर ती देशहरूले पछिल्लो समय ‘सेफ स्पोर्ट’ नीति, स्वतन्त्र उजुरी संयन्त्र, कडा आचारसंहिता र पीडितकेन्द्रित अनुसन्धान प्रणाली विकास गरेका छन्।

नेपालमा भने समस्या सार्वजनिक रूपमा उठिसक्दा पनि त्यसलाई स्वीकार गरेर संस्थागत समाधान खोज्ने तत्परता कमजोर देखिएको सरोकारवालाहरूको गुनासो छ।

अब समस्या पहिचान भइसकेपछि समाधानतर्फ ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलगायत सम्बन्धित खेल संघहरूले महिला खेलाडीका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन संयन्त्र बनाउनुपर्ने माग उठेको छ।

अध्ययनमा सहभागी खेलाडीहरूले स्वतन्त्र महिला सहायता कक्ष स्थापना, प्रभावकारी उजुरी संयन्त्र, दोषीमाथि कडा कानुनी कारबाही, उजुरीको पूर्ण गोपनीयता तथा निःशुल्क फिजियोथेरापी र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।

यी माग खेलाडीलाई दिइने अतिरिक्त सुविधा नभई सुरक्षित र मर्यादित खेल वातावरणका आधारभूत आवश्यकता हुन्।

प्रशिक्षक र खेल पदाधिकारीलाई समेत खेलाडीको शारीरिक र मानसिक सीमाबारे संवेदनशील बनाउन आवश्यक छ। प्रशिक्षणका नाममा गरिने अपमान, शरीरमाथिको अनुचित टिप्पणी वा मानसिक दबाबले खेलाडीको आत्मविश्वास कमजोर पार्न सक्छ।

एउटा खेलाडीका लागि आत्मविश्वास उसको प्रदर्शनको महत्वपूर्ण आधार हो। निरन्तर डर, अपमान र असुरक्षाबीच उसबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नु आफैँमा विरोधाभासपूर्ण हुन्छ।

महिला खेलाडीले दुर्व्यवहारको विरोध गर्दा समाजले पीडितलाई नै दोष दिने होइन, उसको आवाज सुन्ने र विश्वास गर्ने वातावरण बनाउन आवश्यक छ। खेलाडीले आफ्नो करियर जोगाउन उत्पीडन लुकाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।

राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई केवल प्रतियोगिताको समयमा सम्मान गरेर पुग्दैन। उनीहरू प्रशिक्षण गर्ने ठाउँ, यात्रा गर्ने क्रममा, टोलीभित्र र खेल प्रशासनको संरचनामा पनि सुरक्षित हुनुपर्छ।

खेलकुद राष्ट्रको गौरव हो। तर त्यो गौरव खेलाडीको सुरक्षा, सम्मान र अधिकारमाथि उभिएको हुनुपर्छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’

एसियाडमा नेपाली महिला भलिबलको लक्ष्य–क्वार्टरफाइनलमा पुग्ने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने

पाँचौँ एसियन पारा गेम्सका लागि आवश्यक व्यवस्था गर्न पारालिम्पिक कमिटीको माग

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu