ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : ३५   बजे

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार लामो समयदेखि आयोजनाको मितिबारे अन्योल रहँदै आएको अवस्थामा बोर्डले मिति तय गरेपछि प्रतियोगिता तयारीले गति लिनेछ। निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन तथा अन्य तयारीलाई तीव्रता दिइने उनले बताए।

कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो। त्यसैले दशौँ राष्ट्रिय खेलकुदलाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतियोगिताले कर्णालीका खेलाडीलाई देशभरका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्दै राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने अपेक्षा गरिएको छ। त्यस्तै, प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिले कर्णालीको दीर्घकालीन खेलकुद विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णालीमा खेलकुदसँगै पर्यटन गतिविधि बढ्ने अपेक्षा पनि गरिएको छ। विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा समर्थक आउने भएकाले प्रतियोगिताले प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउन सक्नेछ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह तथा सम्बन्धित खेल संघहरूसँग आवश्यक समन्वय गर्ने जनाएको छ।

यसअघि विभिन्न कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति पटक–पटक अन्योलमा पर्दै आएको थियो। अब मिति औपचारिक रूपमा तय भएपछि प्रतियोगिताका लागि आवश्यक तयारी अघि बढाउने बाटो खुलेको छ।

कर्णालीका लागि भने यो प्रतियोगिता केवल राष्ट्रिय खेलकुदको आयोजना मात्र नभई प्रदेशको खेल पूर्वाधार, खेलाडीको क्षमता विकास र खेल पर्यटनलाई राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’

एसियाडमा नेपाली महिला भलिबलको लक्ष्य–क्वार्टरफाइनलमा पुग्ने

महिला खेलाडी असुरक्षित : खेलमैदानमा पदकको सपना, भोगाइमा दुर्व्यवहार र मानसिक उत्पीडन

पाँचौँ एसियन पारा गेम्सका लागि आवश्यक व्यवस्था गर्न पारालिम्पिक कमिटीको माग

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu