काठमाडौँ । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ ।
कम्पनीले नाइमा अटो शो २०२६ मा नयाँ मोडल सार्वजनिक गरेको हो । नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस्ता छन् स्मार्ट सुविधा
सुजुकी राइड कनेक्टमार्फत स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, अनुमानित यात्रा समय, फोन कल तथा एसएमएस र ह्वाट्सएप नोटिफिकेसन प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री तथा नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डरलगायत सुविधा पनि स्कुटरमा समावेश गरिएको छ ।
स्मार्ट कनेक्टिभिटीका अतिरिक्त नयाँ एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन प्रयोग गरिएको छ । दैनिक सहरी यात्रालाई सहज र सुविधाजनक बनाउने उद्देश्यले स्कुटरमा विभिन्न व्यावहारिक सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।
‘प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि’
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताए ।
उनका अनुसार स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ एक्सेस १२५ लाई कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बनाउनेछ ।
नाइमा अटो शोमा प्रदर्शन
नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ ।
नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्