ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको बिक्री कक्ष सञ्चालन, १४२ प्रकारका वस्तु उपलब्ध


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिहीबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिक्री कक्षको उद्घाटन गरिन्। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको बताइन्।

१४२ प्रकारका वस्तु बिक्रीमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालका अनुसार सिंहदरबारस्थित बिक्री कक्षमा १४२ प्रकारका खाद्य तथा गैरखाद्य वस्तु बिक्रीका लागि राखिएका छन्।

उनका अनुसार बिक्री कक्ष सञ्चालन गर्नुको उद्देश्य उपभोक्तालाई सहज रूपमा गुणस्तरीय वस्तु उपलब्ध गराउनुका साथै नेपाली उत्पादनलाई प्राथमिकता दिनु र स्वदेशी किसान तथा उद्योगलाई बजारसँग जोड्नु हो।

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

कम्पनीले बिहीबारदेखि नै देशका ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।

यी पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले प्रतिकिलो तथा प्रतिलिटर ५ रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।

कम्पनीले सेवा विस्तारसँगै स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई सहुलियत मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने नीति अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran and US Dispute Control of Strategic Strait of Hormuz

North Korea Preparing to Send Up To 50,000 Troops to Aid Russia in Ukraine War

Israeli Military Intervenes As Settlers Besiege West Bank Homes

German Opposition Voices Concerns Over Proposed Intelligence Agency Reforms

US Urges Israel to Honor Withdrawal Agreement from Southern Lebanon

Spain Reaffirms Sovereignty Over Ceuta and Melilla Amid Renewed Moroccan Claims

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu