ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेको र कांग्रेस उहाँकै नेतृत्वमा अघि बढ्ने बताएका छन्।

संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाको उपस्थितिले भेला थप प्रभावकारी बनेको दाबी गरे।

“शेरबहादुर देउवाको भाग्य नै राम्रो छ,” कोइरालाले भने, “भेलामा उहाँको सहभागिताले कार्यक्रम सफल भएको छ।”

देउवाको स्वागतका क्रममा देखिएको उत्साहप्रति आफू आश्चर्यमा परेको पनि कोइरालाले बताए। उनका अनुसार देउवाको आगमनले कार्यकर्तामा देखिएको उत्साहले पार्टीभित्र उनको प्रभाव अझै कायम रहेको संकेत गरेको छ।

“शेरबहादुर देउवा आउनासाथ मलाई थाहा थियो, यो भेला सफल हुन्छ,” उनले भने, “हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो।”

कोइरालाले कांग्रेसको वर्तमान नेतृत्वबारे स्पष्ट धारणा राख्दै भने, “हाम्रो सभापति शेरबहादुर देउवा नै हो र उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ।”

उनको यो अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र आगामी महाधिवेशनको तयारीबारे बहस चलिरहेका बेला आएको हो।

यसअघि संस्थापनइतर समूहकै नेताहरूले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने तथा विधि र प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए। यस्तो अवस्थामा कोइरालाले देउवालाई नै सभापति मानेर उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा राख्नुले संस्थापनइतर समूहभित्रै नेतृत्वबारे फरक–फरक धारणा रहेको संकेत गरेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा देउवाको सहभागिता र उनको स्वागतमा देखिएको कार्यकर्ताको उत्साहलाई कोइरालाले पार्टीभित्रको एकता र नेतृत्वप्रतिको भावनासँग जोडेर प्रस्तुत गरेका छन्।

उनको पछिल्लो अभिव्यक्तिले कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वबारे चलिरहेको बहसमा थप नयाँ तरंग ल्याएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको भूमिकाप्रति बारको आपत्ति

कुन्दन काफ्ले : ‘१५औँ महाधिवेशनमा पार्टीभित्रको भाइरसलाई ठेगान लगाउनुपर्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Brad Pitt’s Return to Alcohol Sparks Concern From Fellow Recovering Alcoholic

Japan Bolsters Military Capabilities, Raising Concerns in China

मुस्ताङमा जलवायु सम्मेलन हुँदै, ७५३ स्थानीय तहलाई सहभागिताका लागि निमन्त्रणा

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको भूमिकाप्रति बारको आपत्ति

कुन्दन काफ्ले : ‘१५औँ महाधिवेशनमा पार्टीभित्रको भाइरसलाई ठेगान लगाउनुपर्छ’

केदार कार्कीको आरोप : ‘देउवालाई पक्राउ नगरेको भन्दै कांग्रेसकै नेता रोइरहेका छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu