ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिरोको जोखिम बढ्यो, निसीखोलाका ४० घर उच्च जोखिममा


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ३ : २५   बजे

बागलुङ । लगातारको वर्षाका कारण पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ मा पहिरो खस्दा करिब ४० घर उच्च जोखिममा परेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि शुक्रबार बिहान पहिरो खसेको हो।

निसीखोला गाउँपालिका–२ का वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला सडकबाट खसेको पहिरोले धाराटोलसहित तल्लो क्षेत्रका बस्ती जोखिममा परेका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएकाले थप क्षति हुन सक्ने जोखिम रहेको उनले बताए।

पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीका घर, शौचालय तथा गोठमा क्षति पुगेको छ।

वडाध्यक्ष विश्वकर्माका अनुसार हालसम्म मानवीय क्षति भएको छैन। पहिरो खस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन्।

स्थानीयका अनुसार नयाँ सडक निर्माण गरिएपछि त्यस क्षेत्रको जमिन कमजोर बनेकाले पहिरो खस्ने क्रम बढेको हो। निरन्तर वर्षा भइरहेकाले पहिरो थप फैलिन सक्ने र बस्तीमा थप क्षति पुग्न सक्ने भन्दै स्थानीय त्रसित छन्।

पहिरोले आठ घरपरिवारको भौतिक संरचनामा प्रत्यक्ष क्षति पुर्‍याएको छ। घर, शौचालय र गोठमा क्षति पुगेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए।

लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको छ। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतको तयारी गर्नुपर्ने अवस्था देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकारमा एमालेका चार मन्त्री, नयाँ अनुहारलाई प्राथमिकता

कारागारलाई ‘दण्ड गृह’ होइन, ‘सुधार गृह’ बनाउने सरकारको योजना

सम्बन्धित

सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढ्यो, २ अर्ब ११ करोड पुग्यो

बागलुङमा पहिरोले ८ घरमा क्षति, ४० घर उच्च जोखिममा

स्वदेशमै रोजगारी सिर्जना गर्न नीतिगत तथा संरचनागत सुधार अघि बढाएका छौँ : मन्त्री यादव

मुस्ताङमा जलवायु सम्मेलन हुँदै, ७५३ स्थानीय तहलाई सहभागिताका लागि निमन्त्रणा

गाडी किन्न सहज कर्जा, उद्योग खोल्न कठिन : बैंकिङ प्रणालीको पैसाको गन्तव्य कहाँ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu